प्रदेश १ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब बन्ने सरकारमा कांग्रेसले कुन समूहलाई समर्थन गर्ला भन्ने बहस सुरु भएको छ। प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल समूह र ओली समूह दुवैसँग सरकार निर्माणका लागि बहुमत नपुग्ने भएपछि कांग्रेस निर्णायक बनेको हो।
प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउने निर्णय गरेको छ। सोही बैठकले बहुमत सदस्यको समर्थनमा सरकार निर्माण गर्ने भएकाले कांग्रेसलाई आफ्नो पक्षमा पार्न दुवै समूह सक्रिय छन्।
कांग्रेसल...