काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
आज आइतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगतरूपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो । उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरूलाई सुध्रनका लागि समय दिएको पनि बताउनु भयो । ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न मन्त्रालय कसैको दबाबबाट ...