काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालको श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताउनुभएको छ । हिजो मन्त्रालयमा श्रम, रोजगार पत्रकार समूहसँग कुराकानी गर्नुहुँदै मन्त्री कुवँले यस्तो बताउनुभएको हो ।
‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन् र वैदेशिक रोजगारी मर्यादित होस् भन्नेमा म प्रतिबद्ध छु’, उहाँले भन्नुभयो, ‘विदेशमा रहेर काम गर्नु पक्कै पनि पीडादायी नै हुन्छ । यस क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत रहनेछु...