श्रम मन्त्री श्रेष्ठद्वारा क्यान्सरपीडितलाई सहयोग

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ निवासी क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले क्यान्सर पीडित काजीबाबु अधिकारीलाई रु २० हजार सहयोग गरेका हुन् । आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई घरमै पुगेर मन्त्री श्रेष्ठले बिहीबार उक्त रकम हस्तान्तरण गर्दै आफूले व्यक्तिगत रुपमा यो सहयोग गरेको र सरकारका तर्फबाट हुन सक्ने सहयोग पनि उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएदेखि नै उनले  स्थानीय सङ्घसंस्था र समस्यामा...

सम्बन्धित सामग्री

एफएनसीसीआईले भेट्यो श्रम मन्त्री, बजारको माग अनुसार शीप विकास गर्न जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेट गरेको छ ।  सो अवसरमा महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएको संकेत देखिएको बताए । यसबाट उद्योग व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण तथा सम्भावित समस्या सामना गर्न सरकार र निजीक्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।  ढकालले श्रम बजारको माग अनुसारको शीप विकासमा पनि सो अवसरमा जोड दिएका थिए । उनले वैदेशिक रोजगारीमा जाँदा लिइने केही अव्यावहारिक नीति नियमको पुनरवलोकन हुनुपर्नेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गराए ।  मन्त्री भण्डारीले महासंघका तर्फबाट राखिएका सुझावका सम्बन्धमा मन्त्रालयले गर्नुपर्ने नेतृत्वदायी भूमिकामा रहेर सहयोग गर्न आफू सकारात्मक रहेको बताएका थिए ।

यसकारण बन्द हुन सक्छ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराको उडान

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिष्य विमानस्थलबाट कुवेतको जजीरा एयरवेजले व्यवसायिक उडान सुरु गरेको छ । तर, उडान नियमित गर्न सकिनेमा कम्पनी नै विश्वस्त छैन । किनकी सुरुवाती चरणमा भएको उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मात्रै बोक्नु परेको छ ।यसका लागि भैरहवामै विदेश जानेहरुका लागि श्रम स्वीकृतिको व्यवस्था छैन । काठमाडौँ आएर श्रम स्वीकृति लिएकाहरुलाई फेरि भैरहवा लगेर जहाजमार्फत श्रम गन्तव्यमा पठाउनुपर्ने बाध्यता छ । भैरहवाबाटै श्रम स्वीकृती दिने व्यवस्था नभए केही समयमै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराले उडान बन्द गर्न सक्नेछ ।बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जजिरा एयरवेजको नेपालका लागि जनरल सेल्स एजेण्ट सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले यस्तो संकेत गरिसकेका छन् । ‘एक महिना बाटो हेर्छौँ’सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले सधैं काठमाडौँबाट यात्रुलाई भैरहवा लगेर अन्तराष्ट्रिय उडान सम्भव नहुने बताईसकेका छन् । उनले भैरहवामै यात्रु उपस्थित हुने वातावरण श्रम मन्त्रालय र नागरिक उड्ययन मन्त्रालयले मिलाउनुपर्ने सिंहको भनाई छ ।‘अहिले ७५ हजार रुपैयाँ बस भाडा खर्च गरेर काठमाडौँबाट यात्रुहरुलाई भैरहवा लगेर उडान सुरु गरेका छौँ, सधैँ काठमाडौँबाट बोकेर यात्रुलाई भैरहवा लगेर त्यहाँबाट अन्तराष्ट्रिय फ्लाईट गराउने भन्ने कुरा सम्भव हुँदैन’ उनले भने, ‘भैरहवाबाटै श्रम स्विकृती दिने व्यवस्था मिलाए सधैँ काठमाडौँबाट यात्रु बोकेर भैरहवा पुग्नुपर्ने बाध्यता हुँदैनथ्यो, त्यसैले भैरहवाबाटै श्रम स्वीकृतिको व्यवस्था गरिदिन हामीले श्रम मन्त्रीलाई भनेका छौँ ।’ट्राभल कम्पनीले काठमाडौँमा आएर श्रम स्वीकृति लिएकालाई हाल गाडीमार्फत भैरहवा लैजादै आएकोमा अब विमानमार्फत लैजाने विषयमा पनि छलफल गरिरहेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको व्यवसायिक आधार तयार पार्न र कम्तीमा ‘अपरेशन कष्ट’ पूर्ति गर्न १ महिनासम्म काठमाडौँबाट यात्रु लगेरै उडान गर्न आफूहरु तयार रहेको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहको भनाई छ ।‘हामी एक महिना काठमाडौँबाटै यात्रु बोकेर लगेर भएपनि उडान गर्न तयार छौँ, तर एक महिनाभित्र भैरहवामै श्रम कार्यालय राखेर त्यहीँबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउन श्रममन्त्रीसँग कुरा राखेका छौँ’ सिंहले थपे, ‘श्रम मन्त्री सकारात्मक नै देखिनु भएको छ, उहाँले भैरहवाबाट श्रम स्विकृति दिने व्यवस्था सुरु गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’ ‘नेपाल सरकारले बचन पूरा गरे दैनिक उडान गर्छौँ’जजीरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराथनले पनि पर्यटन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण र अन्य सरोकारवाला निकायले बचन दिए अनुसारको सहयोग गरे भैरहवाबाट दैनिक १ उडान गर्न कम्पनी तयार रहेको बताएका छन् ।गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जेठ २ गतेदेखि व्यवसायिक उडान सुरु गरेको जजीराले हाल सोमबार, बुधबार र शुक्रबार गरी सातामा ३ उडान थालेको छ ।तर, १ महिनाभित्र भैरहवाबाटै श्रम स्वीकृतिको प्रवन्ध नभए जजीराको उडान कायम नरहन सक्ने संकेत एयरलाइन्सका प्रतिनिधि र जजीरा एयरवेजको नेपालका लागि जनरल सेल्स एजेण्टका प्रतिनिधिले गरिसकेका छन् ।

श्रमिक सूचना बैङ्क सञ्चालन श्रमिक र रोजगारदातालाई फाइदा

श्रमिक र रोजगारदाताको यथार्थ सूचना राखेर रोजगारी उपलब्ध गराउने उद्देश्यसाथ आइतबार श्रमिक सूचना बैङ्क सञ्चालनमा आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको भर्चुअल कार्यक्रम मार्फत श्रम मन्त्री रामेश्वरराय यादवले श्रमिक सूचना बैङ्कको उद्घाटन गर्नुभयो । मन्त्री यादवले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, उनीहरूलाई आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकता अनुसार काममा लगाउन सहयोग पु¥याउने बैङ्कको उद्देश्य रहेको बताउनुभयो । उहाँले बैङ्कमा श्रमिक र रोजगारदातासँगै बजारमा भएको काम र अवसरको समेत जानकारी हुने भएकाले श्रमिक र रोजगारदातालाई जोड्न सजिलो हुने पनि बताउनुभयो ।