श्रमिकका गुनासो सुन्न ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सञ्चालन गर्दै श्रम मन्त्रालय

काठमाण्डौ –  श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्नुहुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी, गुनासो लगायतका विषयमा प्रत्यक्ष रूपमा साक्षात्कार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्री कुँवरले प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा  श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन हुने छ । यो कार्यक्रममा श्रम मन्त्रालय र...