जापानी नागरिक हारुहितोको अनुभव : नारायणहिटीमा राजा भेट्न ६ घण्टा लाइन, १० सेकेण्डमै टीका !

यस वर्ष पनि जापानी नागरिक हारुहितो नोजुले जापानको राजधानी टोकियोमा दसैँको टीका लगाए । उनका नेपाली साथी एवं रेष्टुरेन्ट व्यवसायी इन्द्र खड्काले हारुहितोलाई दसैँमा निम्तो गरेका थिए । खड्काको परिवारसँग सहभागी भएर उनले यस वर्षको दसैँ मनाए । साथै आफूले नेपाली भाषा पढाइरहेका ३ जना विद्यार्थीलाई पनि उनले दसैँको टीका लगाइदिए ।जापानी नागरिक हारुहितो नोजु नेपाली भाषाशास्त्री हुन् । उनी नेपाली भाषा सिक्न झन्डै ३९ वर्षअघि पहिलोपटक काठमाडौँ आएका थिए । त्यसयता उनको नेपाल र नेपालीसँगको सम्बन्ध घनिष्ठ रहँदै आएक

सम्बन्धित सामग्री

सौराहामा विदेशी पर्यटकले मनाए दशैं, टीका र जमरा थाप्न पाउँदा दङ्ग

मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैं मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् । सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी गिरीले विदेशी पर्यटकलाई टीका र जमरा लगाईदिएका थिए । उनिहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।  नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दशैं मनाउन पाउँदा निकै खुसी देखिए । “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाएको छु, धन्यवाद नेपाली”, उनले भने ।”  अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिए । उनले आगामी वर्ष पनि नेपालमा आएर दशैं मनाउने बताए । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक माइकाले भने । चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्य समेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । “हामीले विगतमा पनि यसरी पर्यटकलाई दशैंमा सँगै राखेर मनाएका थियौँ”, उनले भने, “हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ ।” नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैंसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए । पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैं, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैंको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।रासस

प्रविधिसँगै बदलियो फोटो कल्चर, देखिन छाडे ‘फोटो स्टुडियो’

टीकापुर । समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ । टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउँथिन तर अचेल समयले उनलाई बदलेको छ । उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । “मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन”, उनि भन्छिन्, “आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।” अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जादिनन् । “पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो”, उनले भनिन्, “त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ । टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्छिन्, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न जाने गर्थिन् । आजभोलि उनि पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो जाने गरेकी छन् । “त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो”, उनले भनिन्, “स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।” नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राखेकी छन् । उनिसँग चार एल्बम अझै छन् । “साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो”, उनि भन्छिन्, “सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।” आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् । कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । “पहिला वर्षमा पाँच/छ पटक स्टुडियो गइन्थ्यो”, उनले भनिन्, “अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।” दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियो सञ्चालन गरेका पदम विष्टको अनुभव पनि यस्तै छ । विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् । आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा दिन थालेका छन् । “मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छु”, उनले भने, “शुरू शुरूमा व्यवसाय शुरू गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।” स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुपर्‍थ्यो । “बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे”, उनि भन्छन्, “हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्छौं ।”  शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउँछिन् । “हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्”, उनि भन्छिन्, “आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् । समय र प्रविधिले मानिसलाई बदलेको छ ।” शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउँछिन् । “मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन”,  उनले भनिन्, “एकातिर आफैले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।” रासस

भुक्तानीमा क्यूआर कोडको प्रयोग बढ्दो

रौतहट  । रौतहटका नगर क्षेत्रमा भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोग बढेको छ । विशेषगरी क्यूआर स्क्यानको सुविधाका कारण बजारमा किनमेलका लागि नगद नै बोकेर हिँड्नु पर्ने अवस्था नरहेको चन्द्रपुरका स्थानीय सागर हुमागाईंले बताए । ‘बैंक खातामा पैसा छ भने सजिलैसँग क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ,’ उनले भने ।  किराना पसल, औषधि पसल, मासु पसल, स्टेशनरी, खाजा पसल लगायतमा क्यूआर स्क्यानको प्रयोग बढिरहेको उनको भनाइ छ । किनमेल गर्दा पैसा सकिने, खुद्रा पैसा नहुने जस्ता व्यावहारिक समस्या कम हुने भएकाले पनि क्यूआरमार्फत भुक्तानी बढ्दै गएको उनको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले खुद्रा पैसा नहुँदा ग्राहक ठगिने गरेकोमा क्यूआर कोडमार्फत भुक्तानी हुन थालेपछि यो समस्या हटेको बताए । उपभोक्ता र व्यापारी दुवैसँग खुद्रा पैसा नहुँदा समस्या हुने गरेकोमा यस किसिमको भुक्तानीले समस्या समाधान भएको उनको अनुभव छ । उपभोक्तालाई सहज तरीकाले रकम भुक्तानीका लागि डिजिटल कारोबारलाई प्रोत्साहन र क्यूआर कोड विस्तारलाई प्राथमिकता दिँदै आएको बंैकका कर्मचारीहरू बताउँछन् ।  एनआईसी एशिया बैंक चन्द्रपुर शाखाका प्रबन्धक लक्ष्मण गिरिले अधिकांश व्यापारीले क्यूआर कोड लिएको बताए । अनलाइन मोबाइल बंैकिङ लिनेको संख्या बढेसँगै डिजिटल वालेट तथा क्यूआर कोडको प्रयोग गर्नेको संख्या पनि बढेको उनको भनाइ छ । क्यूआर कोड लिएका अधिकांश व्यापारी यसप्रति सकारात्मक रहेको उनको बुझाइ छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बैंक तथा वित्तीय संस्थाबाट अधिंकाश व्यवसायीले क्यूआर कोड लिएको बताए । नगर क्षेत्रका हरेक व्यापार तथा व्यवसायमा क्यूआर कोडको प्रयोग बढेकाले उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झट कम भएको उनको भनाइ छ । पछिल्लो समय सबैजसोले मोबाइल बंैकिङको सुविधा लिएकाले बजारमा कुनै सामान खरीदका लागि नगद नै बोक्नुपर्ने अवस्था नरहेको उनले बताए ।

दलित जनप्रतिनिधि नै विभेदमा, भन्छन् : अनुभव सुनाइसाध्य छैन !

३ जेठ, पोखरा । ‘गाउँमा स्थानीय शान्ति युवा क्लब र तमू समाजको संयुक्त ल्होछार विशेष कार्यक्रम थियो । त्यसमा जनप्रतिनिधिको नाताले मलाई पनि अतिथि बोलाइएको थियो, गएँ । कार्यक्रमस्थलभित्र प्रवेश गर्दा टीका लगाउने क्रममा गैरदलितसँग छोइयो । पछि एकजनाले ‘त्यसलाई यस कार्यक्रममा किन बोलाएको’ भन्नुभयो । छोइएको प्लेटको टीका पनि बाहिर लैजानुभयो । जनप्रतिनिधि भइसकेपछि […]

द्वारकाधाम र केही ज्योतिर्लिङ्ग दर्शन

पण्डाहरू सायद सबै खराब हुँदैनन्, तर शब्दले नै हामीलाई तर्साउने गरेको छ। टीका, प्रसादको अपेक्षा गरी बसेका भक्तजनलाई पण्डाले भनेबमोजिमको रकम नचढाउने हो भने ‘तुम्हें कुछ नहीं मिलता जाओ’ भनेर घचेटेरै पठाइदिएको अनुभव हामीलाई भयो।...

लघुवित्तका उपलब्धि र चुनौती

लघुवित्तमा परम्परागत वित्तीय प्रणालीबाट विमुख जायजेथा धितो राख्न नसक्ने वर्गलाई समेटिन्छ । गरीब तथा विपन्न वर्गको घरदैलोमा पुगी वित्तीय सेवा दिने भएकाले नेपालमा ग्रामीण भेगका धेरै घरपरिवारमा लघुवित्तको सेवा पुगेको देखिन्छ । लघुवित्त कार्यक्रमले ग्रामीण भेगमा साहूमहाजनले अनौपचारिक रूपमा ऋण दिँदा लिने चर्काे ब्याज नियन्त्रण गर्न सफल भएको तथा ससानो बचत संकलन गरी ग्रामीण पूँजी निर्माणमा समेत योगदान पुर्‍याएको छ । हाम्रो देशको प्रमुख चुनौतीका रूपमा रहेको गरीबी र बेरोजगारी घटाउन एउटा सशक्त माध्यमका रूपमा लघुवित्त कार्यक्रम रहेको छ । २०५० को दशकमा पाँच विकास क्षेत्रमा स्थापित ग्रामीण विकास बैंकहरू, निजीक्षेत्रबाट स्थापित निर्धन, स्वावलम्बनलगायत हाल नेपालमा ६४ ओटा लघुवित्त संस्थाहरू र बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाहरूले समेत लघुवित्त सेवा प्रदान गरिरहेका छन् । नेपालको लघुवित्त विकासका लागि नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सरकारद्वारा सञ्चालन गरिएका लक्षित कार्यक्रमहरू तथा यस क्षेत्रका अग्रज लघुवित्तकर्मीहरूको ठूलो योगदान रहेको छ । लघुवित्त संस्थाहरूले विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी विनाधितो सामूहिक जमानीमा लघु व्यवसाय सञ्चालन गर्न सहयोग पुर्‍याइरहेका छन् । यस वित्तीय प्रणालीबाट गरीबी निवारण, महिला सशक्तीकरण, पछाडि परेको क्षेत्रमा वित्तीय पहुँचको अभिवृद्धिका साथै समग्र आर्थिक र सामाजिक उत्थानमा उल्लेखनीय योगदान पुगेको छ । यस कार्यक्रममा धितो दिन नसक्ने परम्परागत बैंकिङ प्रणालीबाट उपेक्षित महिलाले ससाना व्यवसाय सञ्चालन गरी आयआर्जन गर्न सक्षम भएका छन् । बिहान झिसमिसेदेखि बेलुकी आधा रातसम्म निरन्तर श्रम गर्ने नेपाली महिलाले टीका, पोते किन्न पनि परिवारका पुरुष सदस्यसँग हात थाप्नुपर्ने नियतिलाई यसले तोडिदिएको छ । परिवारमा महिला सदस्यको आय हुँदा फजुल खर्च कम हुने, परिवारको आधारभूत आवश्यकताको परिपूर्ति, सरसफाई तथा स्वास्थ्य, बालबच्चाको पोषण र शिक्षामा प्रत्यक्ष रूपमा सकारात्मक प्रभाव पारेको छ । यसले महिलालाई परिवारभित्रै र समाजमा सम्मानपूर्वक स्थापित गरेको छ । यस कार्यक्रमबाट लाखौं परिवारको जीवनस्तर उकास्न मद्दत पुुगेको छ । हाल नेपालमा वित्तीय पहुँच अभिवृद्धिमा अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरेको लघुवित्त कार्यक्रममा थुप्रै गुनासा, असन्तुष्टि र प्रश्नहरू पनि उठेका छन् । ब्याजदर धेरै भएको, शुल्कहरू पारदर्शी र ग्राहकमैत्री नभएको, ऋण असुलीमा असहिष्णुता अपनाएको, एउटै सदस्यलार्ई धेरै लघुवित्त संस्थाहरूले लगानी गरी क्षमताभन्दा बढी ऋणको भारी बोकाएको, ऋणको बोझले पारिवारिक कलह र विघटन निम्त्याएको, थातथलो छोडेर हिँड्नु परेकोदेखि लिएर आत्महत्यासम्म गर्नुपरेको विषयले यस कार्यक्रमको प्रभावकारितामाथि औंला उठाएको छ । लघुवित्तमा देखिएका विसंगति, कमीकमजोरी सुधार गर्नु अहिलेको टड्कारो आवश्यकता हो । यसको लागि लघुवित्त संस्था र सदस्य दुुवैले सजगता अपनाउनुपर्छ । लघुवित्त संस्थाले सदस्यलाई ऋणी बनाउने होइन, व्यवसायी बनाउनुपर्छ । नेपालका लघुवित्त संस्थाहरूले बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता प्रोफेशर डा.मोहम्मद युनुसद्वारा प्रतिपादित सफल रूपमा बंगलादेश र संसारका धेरै देशमा सञ्चालन हुँदै आएको ग्रामीण बैंकिङ पद्धति अपनाएका छन् । यस मोडलमा महिला सदस्यहरूलाई ऋण दिनुअघि १ हप्ता अवधिको समूह प्रवेश तालीम दिइन्छ । उक्त तालीममा लघुवित्त संस्थाको उद्देश्य, संस्थाबाट प्रदान गरिने सेवाहरू र ती सेवाहरू सञ्चालनको तरीका ग्राहक सदस्यको काम, अनुशासन र जिम्मेवारी सम्बन्धमा अवगत र अभ्यस्त गराइन्छ । साथै फजुल खर्च नियन्त्रण, सरसफाई, बचत, बीमा, कर्जा, ब्याजदर, कर्जा सदुपयोगिता, कर्जा भुक्तानी आदिबारे प्रशिक्षण दिई सदस्यहरूलाई समूहमा आबद्ध गराई बचत तथा ऋणको कार्यक्रम सञ्चालन गरिन्छ । कुन सदस्यले कुन व्यवसायका लागि कति ऋण लिने भन्ने विषय समूहले ऋण लिने सदस्यको शीप, अनुभव, ज्ञान, पूर्वाधार, व्यवसायका पूरक सेवाहरूको उपलब्धताबारे अध्ययन गरी लघुवित्त संस्थामा सिफारिश गर्छन् । लघुवित्त संस्थाले समूहको सिफारिशलाई स्थलगत अध्ययन गरी उपयुक्त देखेमा ऋण प्रवाह गर्छ र तत्पश्चात् समय समयमा ऋणको सदुपयोगिताको निरीक्षण अनुगमन गर्छ । लघुवित्त सञ्चालनका यी अति महत्त्वपूर्ण विषयलाई लघुवित्त सञ्चालन गर्ने संस्थाहरूले कडाइका साथ कार्यान्वयन गर्न अग्रसर हुनुपर्छ । केही लघुवित्त संस्थाले कर्मचारीहरूलाई सदस्य वृद्धि तथा ऋण वृद्धिको अत्यधिक लक्ष्य दिई उनीहरूको वृत्ति विकासमा त्यसलाई आबद्घ गराउँदा समस्या भएको छ । कर्जा रकम थोरै भएमा आँटेको व्यवसाय गर्न रकम पुग्दैन र धेरै भएमा अनुत्पादक क्षेत्रमा खर्च हुन सक्छ । सदस्यले कर्जा माग गरेको व्यवसायको सम्भाव्यता अध्ययन गरी सम्भाव्य परियोजनामा मात्र लगानी गर्ने, लगानीपश्चात् कर्जाको सदुपयोग भए नभएको निगरानी गर्ने, ऋणीले किस्ता तिर्दा आफ्नै व्यवसायको आम्दानीबाट तिरेको छ कि अन्य संस्थासँग ऋण लिएर वा सरसापटबाट तिरेको छ कि भन्ने कुरा लगानी गर्ने संस्थाले बुझ्नुपर्छ । त्यसैगरी लघुवित्त संस्थाका लगानीकर्ताले यो एउटा सामाजिक व्यवसाय हो, यसबाट छोटो समयमा धेरै मुनाफा आर्जन हुँदैन भन्ने कुरा बुझ्न जरुरी छ । लघुवित्तमा काम गर्ने कर्मचारी, लघुवित्तका लक्षित वर्गका बारेमा र कार्यक्रम सञ्चालन गर्ने तौरतरीकाबारे प्रशिक्षित नहुँदा पनि धेरै समस्या देखापरेका छन् । यी समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले कर्मचारी क्षमता अभिवृद्धिको लागि संस्थाहरूलाई पे्ररित गर्न नीतिगत व्यवस्था गरेको छ । यसमा नियामक निकायले व्यवस्था गर्नुभन्दा संस्थाहरू आफै अग्रसर हुनुपर्ने हुन्छ । लघुवित्त कार्यक्रमलाई हाम्रो समाजको पीँधमा रहेको अत्यन्त गरीब र पिछडिएको वर्गमा पुर्‍याउनु पनि चुनौतीपूर्ण रहेको छ । यस्तो वर्गमा कर्जा मात्र दिएर हुँदैन, कर्जाको साथमा शीप, प्रविधि, बजार, बीमालगायत पूरक सेवाहरूसहितको समष्टिगत प्याकेजका रूपमा सेवा दिनुपर्छ । समाजका सबैभन्दा निम्छरो वर्गलाई संरक्षण गर्नुपर्ने प्रमुख दायित्व सम्झी राज्य नै यसतर्फ अग्रसर हुनुपर्छ । लघुवित्तमा हाल देखिएका समस्याको प्रमुख कारणमध्ये संस्थाका ग्राहक सदस्यको संस्थाप्रतिको अपनत्व भावना कम हुनु पनि एक हो । यसका लागि ग्राहक सदस्यहरूलाई नै संस्थाको मालिक बनाउनु उपयुक्त हुने देखिन्छ । लेखक आरएमडीसी लघुवित्तका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन् ।

पोखरा घुम्न आएका विदेशीलाई भाइटीका

‘कोभिडले गर्दा सबै पर्यटक दोहोरिन पाएका छैनन्। अहिले टीका लगाउने सबै पाहुनाका लागि यो पहिलो अनुभव हो,’ उनले भने, ‘नेपाली संस्कृतिबारे पक्कै पनि अन्तर्राष्ट्रियस्तरसम्म यो महोत्सवले सन्देश फैलाउन सकेको छ।’ आगामी दिनमा पनि महोत्सवलाई निरन्तरता दिइने उनले सु...

थारु होमस्टेमा ओइरिँदै पर्यटक

चितवन । कोरोना महामारी सुस्ताउँदै जाँदा चितवनमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, पटिहानी र मेघौलीमा अहिले आन्तरिक र बाह्य पर्यटक देखिन थालेका छन । थारु समुदायको मौलिक संस्कृति र परम्परामा रमाउन पर्यटक थारु होमस्टेमा पुग्ने गरेका छन् । ठूला होटल तथा रिसोर्टको तुलनामा पछिल्लो समय होमस्टेमा आकर्षण बढ्दै गएको स्वयं व्यवसायी बताउँछन् । माडीको शिवद्वार होमस्टेसँगै भरतपुर महानगर–२७ मा रहेको थारु होमस्टेमा बाक्लो संख्याका पर्यटक देखिन थालेका छन् । होमस्टेमा अर्गानिक, मौलिक परिकार, सस्तो बसाइ र शान्त वातावरणका कारण पर्यटक आकर्षित भएका हुन् । मेघौलीमा ०६७ सालदेखि थारु समुदायले सञ्चालन गरेको सामुदायिक होमस्टे छोटो समयमै पर्यटक रोजाइमा परेको हो । थारु समुदायकै घरमा बन्ने स्थानीय उत्पादन खाने र स्थानीय कला–संस्कृतिको जानकारी लिने अवसर पाइने हुँदा विदेशी पर्यटक पनि सामुदायिक थारु होमस्टेतर्फ तानिएका हुन् । भरतपुर महानगर–२७ का जीवन चौधरी कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन बढ्न थालेको बताउँछन् । ‘अहिले होमस्टे आउने पर्यटक बढिरहेका छन्  । हाम्रो खाना, परिकार, रहनसहन पर्यटकले मन पराउन थालेका छन् । अघिल्ला समय सुविधासम्पन्न होटलमा पर्यटक बस्न मन पराउँथे’, उनले भने, ‘अहिले मौलिक परम्परा र संस्कृतिमा रमाउन थालेका छन् ।’ होमस्टेमा विभिन्न स्वादसहितका अर्गानिक खाना, थारु नाच हेर्न पाइने भएकाले पर्यटक रोजाइमा परेको उनको बुझाइ छ । होमस्टेमा प्रवेश गर्नासाथ मौलिक वेषभूषासहित फूल र टीका लिएर सजिएका थारु युवतीले पर्यटकलाई स्वागत गर्छन् । संस्कारी थारु समुदायका व्यक्तिको स्वागत सत्कारले पर्यटकलाई आत्मीय प्रकट गर्दछ । स्वागतपछि होमस्टेमा भित्रिएसँगै हाँसको मासु, चिचर, घोंगी, माछा, निगुरो, नुन–खुर्सानीको अचार, गुन्द्रुक आदि परिकारको स्वाद र साँझमा देखाइने मौलिक नाचले रौनक थप्ने गरेको छ । होमस्टेमा नेपाली पर्यटकले सादा खाना १ सय ५०, मासुसहितको खाना ३ सय, दिउँसो नास्ताको १ सय र एक रात बसेको ५ सय रुपैयाँ मूल्य राखिएको छ । थारु सामुदायिक होमस्टे थारु संस्कार र संस्कृतिको जीवन्त संग्र्रहालय बनेको छ । यहाँ आउने पर्यटकले थारु संस्कृतिमा देखाइने चिचर, घोंगी, हाँसको मासु आदि खान पाउँछन् भने परम्परागत लठ्ठी, झमटा, झुमरा, डम्फु नाच आदि मौलिक नृत्य देखाइने सामुदायिक होमस्टेका सञ्चालक बुद्धिराम महतोले जानकारी दिए । न्यानो आतिथ्यका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन, मौलिक उत्पादन तथा सेवाका कारण पर्यटकले  होमस्टे रोज्न थालेको महतो बताउँछन् । भरतपुरबाट दैनिक सयौंको संख्यामा गोलाघाट घुम्न आउने गर्छन् । साँझपख सूर्यास्त हेर्नेको घुइँचो लाग्ने गर्छ । राप्ती र नारायणी नदीको संगम स्थल गोलाघाट भएकाले पनि पर्यटकका लागि नौलो अनुभव हुने गर्छ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावर हेर्न पनि गोलाघाटमा पर्यटकको चहलपहल बढी हुने मेघौली पर्यटन विकास समिति अध्यक्ष हरिचन्द्र महतो बताउँछन् । ‘शान्त तथा प्राकृतिक वातावरणसँग पर्यटकले नदी, जंगल, जनावर, सूर्यास्त, होमस्टे, थारु संस्कृतिका सबै अनुभव गर्न पाउँछन् । त्यसैले अन्य गन्तव्यभन्दा मेघौली फरक छ,’ उनले भने ।

पाहुनाले भरिँदै चित्रेगाउँका होमस्टे

पर्वत । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द रहेका पर्वतका होमस्टे दसैं, तिहारको छुट्टीमा घुमघाममा आएका आन्तरिक पर्यटकले भरिभराउ भएका छन् । कोरोना संक्रमणका कारण पाहुना राख्न छाडेका होमस्टे खुला भएसँगै भरिन थालेका हुन् । जिल्लाका मुख्य पर्यटकीय गन्तव्य चित्रे गाउँमा पर्यटक आगमन बढेको वडाध्यक्ष शुकबहादुर गुरुङले जानकारी दिए । पर्यटक घुमघाम गर्ने पञ्चासे लेक । लेकको काखमै चित्रे गाउँ पर्छ । आँखै अगाडि हिमालका लामबद्ध दृश्य । सबैजसोका घर ढुंगाले छाएका छन् । यहाँका घरका आँगनसमेत ढुंगाका छपनीले छाइएका छन् । सोही कारण पनि पर्यटक लोभिने गरेका छन् । कोभिड–१९ का कारण ठप्प रहेको यो गाउँ अहिले फेरि जगमगाएको छ ।   यहाँका ७ घरमा व्यावसायिक रूपमा होमस्टे चलाइएको छ । यो होमस्टे जिल्लाकै पहिलो हो । होमस्टेका ढोका खुल्न थालेपछि रमाइलो महसुस भएको होमस्टे सञ्चालिका सुशीलादेवी गुरुङले बताइन् । स्वास्थ्य मापदण्ड पालना गरी होमस्टे खुला गरिएको उनको भनाइ छ । कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक ३ हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ । कोभिड संक्रमणपछि सुनसान गाउँमा फेरि चहलपहल सुरु भएको स्थानीय मनमाया गुरुङले सुनाइन् । गाउँमा पाहुना आउँदा दैनिकी क्रमशः बेफुर्सदिलो बन्न थालेको उनको अनुभव छ । दसैंदेखि अग्रिम बुकिङ गरेर पर्यटक आउन थालेको होमस्टे सञ्चालक मनमायाले जानकारी दिइन् । प्रवासी नेपालीको अन्तर्राष्ट्रिय संस्था पर्वत समाजले आफ्नो अधिवेशन समेत चित्रेमा आयोजना गरेकाले अहिले दैनिक पर्यटक बढ्न थालेको उनले बताइन् । अधिवेशनमा दुई दिनमा ३ सय जना पाहुनाको स्वागत गर्ने तयारी छ । यहाँका स्थानीयले होमस्टेलाई आम्दानीको  थलोका साथै सामाजिक अभियानका रूपमा पनि उपयोग गर्दै आएका छन् । जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्या–पर्यटनमा लगानी गर्ने गरेको र ५ प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ । अहिले धेरै घरमा कोठा थप्ने र सबै एट्याच रुम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुुसुदन अधिकारीले जानकारी दिए ।   अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेको मन जित्दै आएको छ । पर्यटकको स्वागतमा स्थानीयले आँगनमै फूलमाला सजाएर राख्ने गरेका छन् । मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चैबाजा र भजन टोलीको फरक–फरक प्रस्तुतिले धेरैलाई रमाइलो मोहित गर्ने गरेको होमस्टे सञ्चालक बताउँछन् । जाडोको बेला ‘क्याम्प फायर’सहित पञ्चैबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरूलाई झनै हौसाएको वडाध्यक्ष सुकबहादुर गुरुङले सुनाए । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै जाने रुटसमेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य नियाल्ने आन्तरिक पर्यटकको संख्या धेरै छ । होमस्टे पुग्नासाथ गुरुङ पोसाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुंग बनाउँछ । खानाको रूपमा कोदोको पीठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनीले पनि पाहुना लोभिने गरेका छन् ।

रंगकर्मीको गुरु-चेला सम्झना

रंगकर्मीका लागि गुरुपूर्णिमा विशेष दिन बनेर आउँछ। गलाभरि खादा, निधारमा टीका र हातभरि मिठाई। आत्मीय वातावरणमा आफ्ना चेलाहरूबीच रंगकर्मका अनुभव बाँड्न पाउँदा उनीहरूमा खुसी छाउँछ।