सौराहामा विदेशी पर्यटकले मनाए दशैं, टीका र जमरा थाप्न पाउँदा दङ्ग

मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दशैं मनाएका छन् । हिन्दुहरूको विशेष चाड बडादशैंमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दशैं मनाएका हुन् । सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरी, बुबा ८६ वर्षीया मनु गिरी र उहाँकी श्रीमती वर्षा पुरी गिरीले विदेशी पर्यटकलाई टीका र जमरा लगाईदिएका थिए । उनिहरूसँगै क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी, रेवान सौराहाका अध्यक्ष नरेश गिरी, पूर्व अध्यक्ष गोकर्ण गिरीसहितले पालैपालो टीका र जमरा लगाउँदा पर्यटक दङ्ग देखिन्थे ।  नेदरल्यान्डदेखि सौराहा घुम्न आएका २६ वर्षीय पर्यटक डेविट राईट यस पटक टीका र जमरासँगै नेपालीको दशैं मनाउन पाउँदा निकै खुसी देखिए । “मैले नेपाल घुम्न आउँदा नेपाली परम्परामा रमाएको कुरा सुनेको मात्र थिएँ, तर आज सौराहा आएर टीका र जमरा लगाएर दशैं मनाएको छु, धन्यवाद नेपाली”, उनले भने ।”  अर्का पर्यटक २१ वर्षीया माइका पनि निकै हर्षित देखिए । उनले आगामी वर्ष पनि नेपालमा आएर दशैं मनाउने बताए । “विभिन्न देशका संस्कृति र परम्परालाई प्रत्यक्ष रूपमा अनुभव गर्न पाइने भएकाले चाडपर्वका बेला घुम्न आउँछु”, विदेशी पर्यटक माइकाले भने । चितवनको सौराहामा यतिबेला पर्यटकीय मौसम सुरू भइसकेको छ भने यहाँ आउने विदेशी पर्यटकलाई हरेक होटलले दशैं मनाउने परम्परा बनाएका छन् । हरेक नेपाली चाडवाड बारेमा विदेशीलाई समेत पहिचान गराउन आफूहरुको मुख्य उद्देश्य समेत रहेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले बताए । “हामीले विगतमा पनि यसरी पर्यटकलाई दशैंमा सँगै राखेर मनाएका थियौँ”, उनले भने, “हाम्रो मौलिक संस्कृतिको संरक्षणमा एउटा कासेढुङ्गा सावित हुनेछ ।” नाकाबन्दी, नारायणगढ–मुग्लिन सडक र कोरोनाका कारण प्रायः विदेशी पर्यटकको सुनसान हुने सौराहामा यतिबेला विदेशी पर्यटकको घुइँचो लागेको छ । दशैंसँगै पछिल्लो तीन दिनयताको आँकडाअनुसार तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ४० प्रतिशत, भारतीय २० प्रतिशत र १० प्रतिशत चिनियाँ पर्यटक रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए । पर्यटकलाई यहाँका वन्यजन्तु, बाघ, गैँडा, हिमाल र पहाडले मात्र तान्दैन, दशैं, तिहारलगायत चाडबाडले पनि आकर्षित गर्ने गरेका छन् । विदेशीलाई दशैंको माहोल विशेष लाग्ने गर्छ । जमरा, टीका र चङ्गा चेटमा उनीहरू रमाउने गरेका छन् ।रासस 

सम्बन्धित सामग्री

दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै

काठमाडौँ । बिहीबार दसैँको तेस्रो दिन टीका तथा जमरा लगाएर मान्यजनको आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका ग्रहण र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ । मंगलबार देखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको […] The post दसैँको तेस्रो दिन आज पनि टीका र जमरा लगाइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टीका जमरामा सर्वसाधारण  (तस्वीरहरू)

१९ असोज, काठमाडौं । आज बडादशैंको दशौं अर्थात मुख्य दिन । आज हिन्दूहरूले टीका जमरा लगाउने गर्दछन् । आज घर बाहिर टाढा भएका आफन्तजन जम्मा भएर टीका जमरा लगाएर आशीर्वाद साटासाट गरेका छन् । टीका जमरा लगाएका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म खुसी मुद्रामा सडकमा निस्किन थालेका छन् । दशमीको बिहानदेखि मध्याह्नसम्म सुनसान बनेका सडक र बजार […]

मधेसमा बिहानैदेखि टीका जमरा लगाइँदै (तस्वीरहरू)

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

कता फर्किएर लगाउने दसैकाे टीका जमरा ?

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

विजयको प्रतिक बडादसैँकाे मुख्य दिन आज, मान्यजनबाट टीका जमरा लगाइँदै

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतिक रातो टीका एवं समृद्धिको प्रतिक जमरा लगाइँदै छ ।

दुर्गा पक्षको अन्तिम दिन, दसैँको टीका र जमरा लगाउने क्रम जारी

वैदिक सनातन हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको अन्तिम दिन पनि जारी छ । आश्विन शुक्ल दशमीअर्थात् विजयादशमीदेखि सुरु भएको यो...

आज एकादशी, देशका अधिकांश भूभागमा टीका-जमरा लगाउने क्रम जारी

बडादशैंको एघारौं दिन एकादशी, मुलुकका पूर्वी र मध्यसहित अधिकांश भू-भागमा आज पनि टीका लगाउने क्रम जारी छ । आफन्त र मान्यजनबाट टीका, जमरा ग्रहण आशीर्वाद लिन जानेको चहलपहल शनिबार बिहानै देखिएको छ । घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको छ । योसँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् । कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रह...

सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री देउवाबाट ग्रहण गरे टीका जमरा

सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाबाट विजयादशमीको टीका जमरा ग्रहण गरेका छन् । तस्वीरः रोशन सापकोटा/रासस

निधारमा रातो टीका‚ कानमा जमरा (फोटो फिचर)

काठमाडौं : आज बडादशैंको मुख्य दिन अर्थात् विजया दशमी। आजको दिन मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिई मनाइँदैछ।किम्बदन्तीअनुसार दशमीकै दिन दुर्गा भवानीले दानवी शक्तिमाथि तथा रामले रावणमाथि विजय हासिल गरेका थिए। सत्यले असत्यमाथि विजय पाएका कारण यस दिनलाई विजया दशमी भनिन्छ।विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०स्२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसादका रूपमा मान्यजनका हातबाट टीका

रातो टीका निधारमा, शिरमा जमरा (फोटो फिचर)

दाङ – विजया दशमीको दिन आज मान्यजनबाट टीका तथा जमरा लगाएर आशीर्वाद थाप्ने क्रम चलिरहेको छ। बिहान १० बजेर २ मिनेटको शुभसाइतदेखि देशभर हिन्दूहरुले टीका जमरा लगाएर दसैँ मनाइरहेका हुन्। मान्यजनले देवी दुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइरहेका हुन्। आजदेखि पूर्णिमासम्म नै टीका र जमरा लगाउने गरिन्छ। देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले टीका जमरा […]