प्रविधिसँगै बदलियो फोटो कल्चर, देखिन छाडे ‘फोटो स्टुडियो’

टीकापुर । समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ । टीकापुरकी सिर्जना पण्डित चाडपर्व तथा घरमा केही उत्सव हुँदा सम्झनाका लागि स्टुडियोमा गएर फोटो खिचाउँथिन तर अचेल समयले उनलाई बदलेको छ । उनले फोटो स्टुडियो नदेखेको एक दशक पुग्यो । “मोबाइल तथा घरमै क्यामरा भित्रिएपछि फोटो खिच्न स्टुडियो जानु परेन”, उनि भन्छिन्, “आजभोलि फोटो प्रिन्ट गरेर राख्ने चलन पनि हरायो । पुराना फोटो छन् कहिलेकाहीँ हेरिन्छ, रमाइलो लाग्छ ।” अर्की महिला टीका चन्दको अनुभव पनि यस्तै छ । पहिला स्टुडियोमा फोटो खिच्न जाँदा रकमको जोहो गर्ने, पहिल्यै पूर्वतयारी गर्ने गरेकी टीका पनि आजभोलि स्टुडियो जादिनन् । “पहिलाको फोटोको महत्व छुट्टै हुन्थ्यो । साथीहरुसँग सल्लाह गरेर नयाँ लुगा किनेका बेला, विद्यालयका कार्यक्रममा, कतै पिकनिक जाँदा खिचिन्थ्यो”, उनले भनिन्, “त्यो बेलाका फोटोको महत्व छुट्टै थियो । अहिलेका फोटोको महत्व छैन । सामाजिक सञ्जालमा राख्नका लागि मात्र खिचिन्छ । टीकाले समय समयमा पूराना फोटोका एल्बम छन् हेर्छिन्, यसरी हेर्दा रमाइलो लाग्ने उनको भनाइ छ । कैलालीकै नीता खड्का भण्डारी पनि विगतमा खुबै रहर गरेर स्टुडियोमा फोटो खिच्न जाने गर्थिन् । आजभोलि उनि पासपोर्ट साइजका फोटाका लागि मात्र स्टुडियो जाने गरेकी छन् । “त्यो बेला फोटो खिच्न जाने भनेपछि धेरै रमाइलो लाग्थ्यो”, उनले भनिन्, “स्टुडियोमा पालो कुरेर, लाइनमा बसेर फोटो खिचेको अझै याद छ ।” नीताले विवाहका फोटो, बच्चाहरु साना हुँदाका फोटो पनि सजाएर राखेकी छन् । उनिसँग चार एल्बम अझै छन् । “साथीहरुको समूहमा खिचेका एक फोटोबाट दर्जनौँ फोटा बनाउने गरिन्थ्यो”, उनि भन्छिन्, “सबैले एउटै खालका फोटा राख्ने गरिन्थ्यो ।” आजभोलि मानिसले विगतभन्दा फोटो चाहिँ धेरै खिच्छन्, प्रायः दैनिकजसो खिच्छन् । आफ्नै मोबाइलमा फोटो खिच्छन् । खिचेका फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन् । यसमा आएका प्रतिक्रिया हेरेर रमाउँछन् । कैलालीकी मीना कुँवरले पनि स्टुडियो नदेखेको धेरै वर्ष भयो । “पहिला वर्षमा पाँच/छ पटक स्टुडियो गइन्थ्यो”, उनले भनिन्, “अहिले मोबाइलले फोटो खिचे पनि प्रिन्ट गरेर राख्ने चलन हरायो ।” दुई दशकदेखि टीकापुरस्थित मनकामना फोटो स्टुडियो सञ्चालन गरेका पदम विष्टको अनुभव पनि यस्तै छ । विगतमा स्टुडियोमा मानिसलाई पालो कुराएर फोटो खिच्ने पदमकहाँ आजभोलि फोटो खिच्न निकै कम आउँछन् । आउने पनि ‘पासपोर्ट साइज’को फोटोमात्रै खिच्न आउँछन् । फोटो खिचेरै विगतमा स्टुडियो चलाएका पदमले आजभोलि स्टुडियोमा अन्य सेवा दिन थालेका छन् । “मैले पनि स्टुडियो खासै नचलेपछि आजभोलि प्रमाणपत्र, मायाको चिनो, फोटो फ्रेम, ब्यानर प्रिन्ट, फोटोकपीजस्ता सेवा दिन थालेको छु”, उनले भने, “शुरू शुरूमा व्यवसाय शुरू गर्दा चाडपर्वका बेला स्टुडियोमा भीड हुन्थ्यो । विभिन्न संस्कृति झल्कने पोसाकमा फोटो खिचाउने आउँथे ।” स्टुडियो सञ्चालकले थारु समुदाय, मगर समुदाय र नेपाली पोसाकका कपडा र गहना स्टुडियोमै राखेका हुन्थे । यी कपडा र गहना लगाएर फोटो खिचाउने पनि उत्तिकै हुन्थे । एउटा फोटो खिच्न पनि तयारी गरेर, कुरेर खिच्नुपर्‍थ्यो । “बिग्रिएमा रिल खेर जान्थ्यो, त्यसैले मानिस तयारी गरेर खिच्थे”, उनि भन्छन्, “हामीलाई पनि व्यापार राम्रो भएपछि रमाइलै लाग्थ्यो । आजभोलि स्टुडियोमा फोटो खिच्ने मानिस आएपछि दङ्ग पर्छौं ।”  शिक्षक तारा साउँद सामाजिक सञ्जालको प्रयोगले फोटो खिच्ने र सार्वजनिक गर्ने तरिका बदलिएको बताउँछिन् । “हरेक कार्यका सकारात्मक र नकारात्मक पक्ष हुन्छन्, विगतमा खिचिने फोटो वर्षौंसम्म स्मृतिमा रहेका छन्”, उनि भन्छिन्, “आजभोलि सामाजिक सञ्जालमा सुरक्षित हुन्छन् । समय र प्रविधिले मानिसलाई बदलेको छ ।” शिक्षक साउँद सामाजिक सञ्जालमा व्यक्तिगत फोटो, पारिवारिक फोटो सार्वजनिक गर्नुका जोखिम पनि त्यतिकै रहेको बताउँछिन् । “मानिसका लुगा कपडा, गरगहना र परिवारको विवरण सामाजिक सञ्जालमा राख्नु त्यति राम्रो होइन”,  उनले भनिन्, “एकातिर आफैले फोटो खिच्दा समय र खर्च बचत हुन्छ, अर्कोतर्फ सामाजिक सञ्जालमा राख्दा यसले कहिलेकाहीँ जोखिम पनि हुनसक्छ ।” रासस

सम्बन्धित सामग्री

देखिन छाडे ‘फोटो स्टुडियो’

समयअनुसार मानिसका रहर र बानी परिवर्तन हुन्छन् । समयले रहरलाई पूरा गर्ने तरिका पनि बदलिदिन्छ । विगतमा मानिस ‘स्टुडियो’मा गएर फोटो खिच्न निकै रुचाउँथे । यसका लागि गाउँघरदेखि टाढा सहरमा रहेका स्टुडियोमा जाने, खिचेका फोटा ठूला बनाएर भित्तामा तथा एल्बमा सजाउने गर्थे । आजभोलि प्रविधिको विकाससँगै फोटोप्रतिको मोह पनि बदलिएको छ । टीकापुरकी सिर्जना पण्डित …

अभिनेता सम्पथ जे रामले गरे आत्महत्या

एजेन्सी । दक्षिण भारतीय कन्नड अभिनेता सम्पथ जे रामले आत्महत्या गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सम्पथले २२ अप्रिलमा ३५ वर्षको उमेरमा बेंगलुरुमा आत्महत्या गरेका थिए । उनको शव बेंगलुरुको नेलमंगलास्थित आफ्नै घरमा फेला परेको थियो । सम्पथ हालै फिल्म ‘श्री बालाजी फोटो स्टुडियो’ मा पनि देखिएका थिए । यस फिल्मका निर्देशक राजेश ध्रुवले […]

फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाणपत्र, बत्तीसपुतलीबाट ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-९ बत्तीसपुतलीका ३ वटा फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाण पत्र बन्ने गरेको थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले फोटो स्टुडियोमा छापा मारेर नक्कली शैक्षिक प्रमाणपत्रसहित स्टुडियोका सञ्चालकलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा बत्तीसपुतलीस्थित एभी-१ फोटो स्टुडियो सञ्चालक मोरङ घर भएका चबुरलाल चौधरी,  एम.ए जेनेरल फोटो स्टुडियो सञ्चालिका सिन्धुलीको सुनकोसी […]

फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाणपत्र, बत्तीसपुतलीबाट ३ जना पक्राउ

काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीका ३ वटा फोटो स्टुडियोमा नक्कली शैक्षिक प्रमाण पत्र बन्ने गरेको थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले फोटो स्टुडियोमा छापा मारेर नक्कली शैक्षिक प्रमाणपत्रसहित स्टुडियोका संचालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बत्तीसपुतलीस्थित एभी–१ फोटो स्टुडियो संचालक मोरङ घर भएका चबुरलाल चौधरी,  एम.ए जेनेरल फोटो स्टुडियो संचालिका सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएकी सुमित्रा कोइराला र आर एन फोटो स्टुडियोमा कार्यरत सोलुखुम्बु घर भएकी २४ वर

राहदानी छिटो बनाइदिने भन्दै ठगी गर्ने ५ जना वीरगञ्जबाट पक्राउ

काठमाडौं : राहदानी बनाइदिने भन्दै ठगी गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-९ रानीघाटका २६ वर्षीय सदाम हुसेन, २४ वर्षका कुन्दन यादव, ३० वर्षका प्रदीप साह, वडा नम्बर २४ का २२ वर्षीय सञ्जित गुप्ता र वडा नम्बर १० का ३८ वर्षीय फैयाज आलम रहेका पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। उनीहरूले जिल्ला प्रशासन कार्यालय वीरगञ्जको गेटमा फोटो स्टुडियो सञ्चालन गरी राहदानी फारम भर्न २ सय रुपैयाँ र राहदानी १४ दिनभित्र मिलाइद

मामाले छापेको नक्कली नोट भान्जाबाट कारोबार, दुई जना पक्राउ

नेपाल प्रहरीले नक्कली नोट सहित धनगढीबाट दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भई सोही स्थानमा  बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोटसहित पक्राउ गरिएको हो ।     धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा ती किशोरले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका साइकल यात्रीको उपचार गरेको पैसा तिर्ने क्रममा १ थान नक्कली नोट फेला परेपछि वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रह

किर्ते सवारी पास र सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ

बारा, २८ असार । किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ परेका छन् । किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका ४ स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका ३ […]

प्रधान सम्पादकको नक्कली प्रेसकार्ड बोकी हिंड्ने एक जना पक्राउ

चितवनमा प्रधान सम्पादकको नक्कली प्रेसकार्ड बोकी हिंड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका वडानम्बर ३ मा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाललाई नक्कली पत्रकार परिचयपत्र बोकेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।  उनले पलखबर डटकमको प्रधान सम्पादकको नक्कली प्रेसकार्ड बनाएर बोकेका थिए । प्रहरीले सोधपुछका क्रममा उनी नक्कली पत्रकार रहेको खुलेको थियो ।  उनलाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

डी. आरको उपन्यास ‘तिलस्मी’ : युवाको भविश्य बनाउने सुत्र

काठमाडौं अनामनगर सकिएपछि घट्टेकुलो आउँदै गर्दाको मोडमा एउटा पुरानो फोटो स्टुडियो छ । नाम हो, डी.आर. फोटो स्टुडियो । यो फोटो स्टुडियोका संचालक साहित्यकार पनि हुन भन्ने कुरा अब धेरैले थाहा ...