भुक्तानीमा क्यूआर कोडको प्रयोग बढ्दो

रौतहट  । रौतहटका नगर क्षेत्रमा भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोग बढेको छ । विशेषगरी क्यूआर स्क्यानको सुविधाका कारण बजारमा किनमेलका लागि नगद नै बोकेर हिँड्नु पर्ने अवस्था नरहेको चन्द्रपुरका स्थानीय सागर हुमागाईंले बताए । ‘बैंक खातामा पैसा छ भने सजिलैसँग क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ,’ उनले भने ।  किराना पसल, औषधि पसल, मासु पसल, स्टेशनरी, खाजा पसल लगायतमा क्यूआर स्क्यानको प्रयोग बढिरहेको उनको भनाइ छ । किनमेल गर्दा पैसा सकिने, खुद्रा पैसा नहुने जस्ता व्यावहारिक समस्या कम हुने भएकाले पनि क्यूआरमार्फत भुक्तानी बढ्दै गएको उनको भनाइ छ । उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले खुद्रा पैसा नहुँदा ग्राहक ठगिने गरेकोमा क्यूआर कोडमार्फत भुक्तानी हुन थालेपछि यो समस्या हटेको बताए । उपभोक्ता र व्यापारी दुवैसँग खुद्रा पैसा नहुँदा समस्या हुने गरेकोमा यस किसिमको भुक्तानीले समस्या समाधान भएको उनको अनुभव छ । उपभोक्तालाई सहज तरीकाले रकम भुक्तानीका लागि डिजिटल कारोबारलाई प्रोत्साहन र क्यूआर कोड विस्तारलाई प्राथमिकता दिँदै आएको बंैकका कर्मचारीहरू बताउँछन् ।  एनआईसी एशिया बैंक चन्द्रपुर शाखाका प्रबन्धक लक्ष्मण गिरिले अधिकांश व्यापारीले क्यूआर कोड लिएको बताए । अनलाइन मोबाइल बंैकिङ लिनेको संख्या बढेसँगै डिजिटल वालेट तथा क्यूआर कोडको प्रयोग गर्नेको संख्या पनि बढेको उनको भनाइ छ । क्यूआर कोड लिएका अधिकांश व्यापारी यसप्रति सकारात्मक रहेको उनको बुझाइ छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले बैंक तथा वित्तीय संस्थाबाट अधिंकाश व्यवसायीले क्यूआर कोड लिएको बताए । नगर क्षेत्रका हरेक व्यापार तथा व्यवसायमा क्यूआर कोडको प्रयोग बढेकाले उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झट कम भएको उनको भनाइ छ । पछिल्लो समय सबैजसोले मोबाइल बंैकिङको सुविधा लिएकाले बजारमा कुनै सामान खरीदका लागि नगद नै बोक्नुपर्ने अवस्था नरहेको उनले बताए । 

सम्बन्धित सामग्री

आइएमई पे एपबाट नेपाल पेको क्यूआर स्क्यान गर्न सकिने

आइएमई पे एपबाट ‘नेपाल पे’ को क्यूआर स्क्यान गर्न सकिने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्यूआर स्क्यान गरी आइएमई पे एपमार्फत भुक्तानी गर्न सक्ने छन् । नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तर आवद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो । नेपालमा क्यूआर स्क्यानमार्फत […]

स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र फर्स्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआर बीच अन्तर आबद्धताको लागि सम्झौता सम्पन्न भएको छ । हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका...

एनसीएचएलको पे क्यूआर सञ्चालनमा

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी पे क्युआरको औपचारिक सुरुवात गरेको हो । एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्यान्डर्डअनुसार अन्तर–आबद्धता कायम गर्नेगरी नेपाल पे क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । क्यूआर स्कीमको रुपमा उपलब्ध रहेको उक्त नेपाल […]

नेशनल पेमेन्ट स्वीचअन्तर्गत ‘नेपालपे क्यूआर’ शुरू

क्यूआर स्ट्याण्डर्डअनुसार क्यूआर अन्तरआबद्धता कायम गर्नेगरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरूको सहकार्यमा पूर्णरूपमा सञ्चालनमा आएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपालपे क्यूआर थालनी भएको औपचारिक घोषणा गरेको हो ।नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको एनसीएचएलले जानकारी दिएको छ । क्यूआर स्कीमको रूपमा पनि उपलब्ध रहेको नेपालपे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्त

क्यूआर कोडसहितको भिसा जारी

अध्यागमन विभागले दुई महिनामा १० हजार ८४३ ले क्यूआर कोडसहितको प्रिन्टेड भिसा जारी गरेको छ । विभागले विगत ४५ वर्षदेखि प्रचलनमा रहेको हस्तलिखित भिसाको सट्टा नयाँ भिसा प्रणालीको सुरुवात गर्दै असार १४ गतेबाट क्यूआर कोडसहित छपाइ गरिएको भिसा जारी गरेको थियो । क्यूआर कोडसहित छपाइ गरिएको भिसाले विद्युतीय भिसाका लागि आधार तयार गरेको हुँदा नियमन […]

हेटौंडाको तरकारी बजारमा 'क्यूआर कोड'

काठमाडौं। बागमती प्रदेशको राजधानी हेटौंडाको तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा सञ्चालनमा आएको छ। सनराइज बैंकले बजारमा क्यूआर कोड जडान गरेको हो। क्यूआर कोड जडानपछि हेटौंडाको खोपेगल्ली तरकारी बजारमा मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ। बैंकले पहिलो चरणमा १० वटा तरकारी पसलमा क्यूआर कोड जडान गरेको छ।

नेपाल बैंकको क्यूआर कोड सेवा

नेपाल बैंकले कर्णाली प्रदेशमा डिजिटल प्रविधिमार्फत क्यूआर कोड सेवाको सुरुवात गरेको छ । नेपाल बैंकको सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनीले कर्णालीको अर्गानिक उत्पादन मह तथा च्याउ खरिद गरी क्यूआर कोड प्रविधिमार्फत रकम भुक्तानी गरेर क्यूआर कोड वितरण सुरु गरेका हुन् । उनले समयको परिवर्तनशिलतलाई आत्मसाथ गरी प्रविधिको अनुसरण गर्दै क्यासलेस अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।उद्योग […]

आइएमइ पे एपबाट सबै क्यूआर स्क्यान गर्न मिल्ने

आइएमइ पे एपबाट नेपालका सबै क्यूआर स्क्यान गर्न मिल्ने भएको छ ।फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमइ पे क्यूआर सेवाग्राहीहरुले आइएमइ पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका हुन् ।सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमइ पे एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी […]

एनएमबिको क्यूआर कोड सेवा गैंडाकोटमा

नवलपरासीको गैडाकोटमा शाखा कार्यालय रहेको एनएमबि बैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्टद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारका व्यवसायीलाई क्यूआर कोड सेवा सुरु गरेको छ ।गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले व्यवसायीहरुलाई क्यूआर कोड सेवा हस्तान्तरण गरेका हुन् । न्यौपानेले क्यूआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।एनएमबि […]

मलेखु बजारका हरेक पसलमा क्यूआर सेवा

पृथ्वी राजमार्गको मलेखु बजारका हरेक पसलमा क्यूआर कोड सेवा सुरु भएको छ । कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिसकाे सहकार्यमा उक्त बजारका हरेक पसलमा क्यूआर कोड प्रदान गरिएको हो