साउन २८ देखि आईपीओ विक्री गर्दै चिरख्वा हाइड्रोपावर

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । भोजपुरका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।  कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । योे आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा भदौ १० गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २५ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने भदौ १० गतेभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ । 

सम्बन्धित सामग्री

चिरख्वा हाइड्रोपावरको आईपीओ खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।  आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा आएको छ ।  प्रतिशेयर एक सय रुपैयाँ मूल्यमै विक्रीमा आएको यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।

चिरख्वा हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा निष्कासन

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (मंगलवार)देखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।  आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा आएको हो ।  सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । प्रतिशेयर एक सय रुपैयाँ मूल्यमै कम्पनीले आईपीओ विक्रीमा आएको हो । यो आईपीओ छिटोमा असोज २६ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि कात्तिक ३ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ विक्रीमा आउँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओसमेत छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङ्गलाई ध्यानमा राखेर पनि लगानीको धारणा बनाउन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।

चिरख्वा हाइड्रोपावरको आईपीओ : लागत बढेको सानो विद्युत् आयोजना

२३ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ)को आवेदन खुलाउँदै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरेपश्चात् सर्वसाधारणका लागि आवेदन खुलाउन लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको ८ लाख ५९ […]

चिरख्वा हाइड्रोपावरको आईपीओ भोलिदेखि, कस्तो छ कम्पनीको समग्र अवस्था ?

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले भोलि (मंगलवार)देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँटपछि अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । कुल कित्तामध्ये आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको हो । स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत गरेर ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । प्रतिशेयर सय रुपैयाँ मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा असोज २६ गतेसम्म विक्रीमा रहनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि कात्तिक ३ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ विक्रीमा आउँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्दै आएकाले यस कम्पनीको आईपीओसमेत छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्रीमा रहने निश्चितजस्तै छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पाएको रेटिङ्गलाई ध्यानमा राखेर पनि लगानीको धारणा बनाउन सकिनेछ । ईक्रा नेपालले केयर एनपी त्रिपल ए देखि केयर एनपी डि सम्मको रेटिङ प्रदान गर्दछ । केयरएनपी त्रिपल ए इस्युरअर रेटिङ्गले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डि इस्युरअर रेटिङ्गले कमजोर आधारको संकेत गर्दछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ । कम्पनीको परिचय यो कम्पनी २०६५ पुस २७ गते कम्पनी रजिष्टर्ड कार्यालयमा 'चिरख्वा हाइड्रोपावर प्राइभेट लिमिटेड'को नाममा दर्ता भएको थियो । त्यसको ११ वर्षपछि (२०७६ असार २५ गते) यो कम्पनी 'चिरख्वा हाइड्रोपावर  लिमिटेड'मा परिणत भएको हो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको घट्टेकुलोमा छ । कम्पनीले भोजपुरमा ४ दशमलव ७ मेगावाट क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।  पूँजी संरचना  अधिकृत पूँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ४० करोड रुपैयाँ नै छ । हाल संस्थापक शेयरधनीहरूबाट चुक्ता भएको पूँजी २८ करोड रुपैयाँ मात्र छ । आयोजना प्रभावित स्थानीयसहित सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ कायम हुनेछ । कुल चुक्ता पूँजीमा संस्थापकतर्फ ७० प्रतिशत र स्थानीय बासिन्दासहित सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ । वित्तीय अवस्था आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १४ हजार २६७ रुपैयाँ सञ्चित नाफामा छ । आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म भने कम्पनीले ८२ लाख ९५  हजार रुपैयाँभन्दा बढी नाफा गर्ने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय रुपैयाँ १ पैसा छ । त्यस्तै कम्पनीले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा भने २ करोड ७१ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।  कति पाउला ओपन रेञ्ज ? कम्पनीले यो आईपीओ कारोबारका लागि धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराउनेछ । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कम्पनीको आईपीओ कारोबारमा आउनेछ । कम्पनीको आईपीओको पहिलो कारोबार मूल्य भने नेप्सेले निर्धारण गर्नेछ ।नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्मको मूल्य रेञ्ज तोक्नेछ । यसआधारमा कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ १ पैसादेखि अधिकतम प्रतिकित्ता ३ सय रुपैयाँ ३ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीको पहिलो कारोबारपछिको मूल्य भने बजारमा लगानीकर्ताको माग र आपूर्तिका आधारमा निर्धारण हुनेछ ।

स्थानीयले नकिनेको सेयर थपेर २३ असोजदेखि आईपीओ निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

१२ असोज, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयले नकिनेको सेयर समेत थप गरेर सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले २३ असोजदेखि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न […]

चिरख्वा हाइड्रोपावरको आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा साउन २८ गतेदेखि भदौ २५ गतेसम्म ४ लाख कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ असोज ८ गते बाँडफाँट गरिएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन २८ देखि भदौ १० गतेसम्म ८० हजार कित्ता आईपीओ विक्री गरी गत भदौ २६ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरेको थियो । पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीसमेत सर्वसाधारणमा १२ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

चिरख्वा हाइड्रोपावरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन २८ देखि भदौ १० गतेसम्म आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा ८० हजार कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीको भनाइ छ । कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ विक्री गरेको छ । स्थानीयमा भने कम्पनीले साउन २८ देखि भदौ २५ गतेसम्म आईपीओ विक्री गरेको छ । स्थानीयमा विक्री गरेको आईपीओ भने बाँडफाँट हुन बाँकी छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गरेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि विक्री गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ ।   यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।

आयोजना प्रभावित स्थानीयमा चिरख्वा हाइड्रोपावरको आईपीओ आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि  निष्कासन गरेको आईपीओ आयोजना प्रभावित स्थानीयले खरीद गर्ने आज  अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने भदौ १० गतेसम्म आईपीओ निष्कासन गरेकोे थियो । कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गरेको हो । स्थानीयमा भने भदौ १० गतेसम्म माग बमोजिम आवेदन नपरेपछि भदौ २५ गतेसम्मको मिति तय गरेको थियो । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गरेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । योे आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

चिरख्वा हाइड्रोपावरले आइतवारदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आइतवार (साउन २८ गते)देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीले आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता आईपीओ स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । उक्त आईपीओ खरीदका लागि भोजपुरका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले दोस्रो चरणमा जारी हुने सर्वसाधारणतर्फको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि विक्री गर्न लागेको हो । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम कित्ताका लागि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले ५ हजार कित्तासम्म माग गर्न सक्नेछन् । स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा भदौ १० गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २५ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने भदौ १० गतेभित्र आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।  यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।

१२ लाख कित्ता शेयर निष्कासनको अनुमति माग गर्दै बोर्ड पुग्यो चिरख्वा हाइड्रो

काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणलाई १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्कासन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट […]