चिरख्वा हाइड्रोपावरको आईपीओ आयोजना प्रभावित स्थानीयमा बाँडफाँट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीयमा साउन २८ गतेदेखि भदौ २५ गतेसम्म ४ लाख कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई सम्पूर्ण कित्ता आईपीओ असोज ८ गते बाँडफाँट गरिएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले साउन २८ देखि भदौ १० गतेसम्म ८० हजार कित्ता आईपीओ विक्री गरी गत भदौ २६ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरेको थियो । पहिलो चरणको आईपीओ बाँडफाँटपछि अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीसमेत सर्वसाधारणमा १२ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको हो । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित सामग्री

१६ कात्तिकदेखि आईपीओ निष्कासन गर्दै भिजन लुम्बिनी ऊर्जा कम्पनी

२ कात्तिक, काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले नकिनेको सेयर समेत थप गरी कुल २० लाख ७५ […]

रसुगागढी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ – रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले २३ असारदेखि ३१ साउनसम्म आयोजना प्रभावितलाई ६८ लाख ४२ हजार एक सय कित्ता सेयर निष्कासन गरेको थियो। उक्त सेयर रीतपूर्वक आवेदन दिएका आवेदकहरूलाई मंगलबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ । आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइँकुण्ड, […]

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

२४ साउन काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन -आईपीओ) बाँडफाँट भएको छ । मंगलबार विहान धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले १३ साउनदेखि आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी सात लाख २१ हजार ६० […]

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं : सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ।  आज विहान बाँडफाँट भएको आईपीओमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्। जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा १ हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ। सयपत्रीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ ल

श्वेत गंगाको आईपीओ बाँडफाँट

काठमाडौँ – श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आईपीओ असार २० गते सोमवार बाँडफाँट गरेको जानकारी गराएको हो । कम्पनीले जेठ २३ गतेदेखि असार ६ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब […]

रिभर फल्सद्वारा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट

वैशाख १९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा जारी गरेको प्राथमिक शेयर (आईपीओ) बाँडाफाँट गरेको छ । आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानीयलाई सोमवार विक्री प्रवन्धक प्रभु क्यापिटलमा आईपीओ बाँडफाँँट गरिएको हो । आवेदन दिनेमध्ये ७ हजार ५८५ जनामा १३ लाख ८१ हजार ४ सय ६० कित्ता आईपीओ बाँडफाँट गरिएको विक्री प्रवन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।   १८ जना आवेदकले ४४० कित्ता शेयर माग गरेकामा विभिन्न कारणले गर्दा आवेदन रद्ध गरिएको पनि क्यापिटलले जानकारी दिएको छ । बाँडफाँट भएको शेयरमध्ये १० कित्ता माग गर्ने २२७ जना आवेदक थिए भने २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ जना र १०० कित्ता माग गर्ने २ हजार ४९२ जना आवेदक थिए ।  त्यसैगरी ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना र १३० कित्ता माग गर्ने १२ जना आवेदक थिए । माग बमोजिम १३० कित्ता तथा १३० कित्ताभन्दा बढी माग गर्ने २ हजार ३३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।  यसैगरी १३० कित्ताभन्दा बढि आवेदन दिने २ हजार ३३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँट गरिएको छ ।   २०७८ चैत्र २७ गतेदेखि २०७९ वैशाख ११  गतेसम्म संखुवासभा जिल्लाका स्थानीयलाई कम्पनीले ७ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सामलिङ पावरको आयोजना प्रभावितलाई छुट्याएको आईपीओ बाँडफाँट

सामलिङ पावर कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दा तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीका लागि निष्काशन गरेको आईपीओ बुधबार बाँडफाँट गरेको छ । कम्पनीले २०७८ भदौ १८ गतेदेखि २०७८ असोज १ गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्कासन गरेको थियोआयोजना अतिप्रभावित समुहका […]

मध्य भोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं, ११ असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साउन ५ गतेदेखि ३२ गतेसम्म बिक्रि गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि १८० कित्तासम्मका लागि आवेदकको माग बमोजिम शेयर बितरण गरेको छ । बैंकले १९० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने आवेदकहरुमध्ये बाट २३ सय १३ जनालाई गोलाप्रथाबाट र थप १० कित्ताको […]

मध्य भोटेकोशीकाे आईपीओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले जारी गरेको आईपीओ बाँडफाँट भएको छ । आयोजना प्रभावित स्थानीयका लागि जारी गरिरहेको आईपीयो बाँडफाँट भएको हो ।

साहस उर्जाले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट

भदौ २९, काठमाडौं । साहस उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले साउन २९ गतेदेखि भदौ ११ गतेसम्म ३५ लाख कित्ता साधारण शेयरको निष्कासन गरेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई बाँडफाँट सम्बन्धी प्रचलित कानून बमोजिम ३५ लाख कित्ता साधारण शेयर भदौ २८ गते बाँडफाँट गरेको जानकारी गराएको हो ।  साथै, बाँडफाँटमा नपरेको रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।