चिरख्वा हाइड्रोपावरको आईपीओ खरीद गर्ने अन्तिम दिन आज

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणमा निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानीकोष र कर्मचारीहरूमा आईपीओ बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको हो ।  आयोजना प्रभावित स्थानीयमा २ लाख ४ हजार ७०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीमा ८० हजार कित्ता, सामूहिक लगानीकोषका लागि ४० हजार र कर्मचारीहरूमा १६ हजार कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । स्थानीयका लागि छुट्याइएको ४ लाख कित्ता शेयरमध्ये विक्री हुन नसकेको १ लाख ९५ हजार ३०० कित्ता आईपीओसमेत ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा आएको छ ।  प्रतिशेयर एक सय रुपैयाँ मूल्यमै विक्रीमा आएको यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि असोज २६ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ । यस कम्पनीले ४ दशमलव ७ मेगावाटको क्षमताको माथिल्लो चिरख्वा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ छ । 

सम्बन्धित सामग्री

अप्पर स्याङ्गे हाइड्रोको आइपीओ भर्ने अन्तिम दिन आज

काठमाडौँ – अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ। आज असार १३ गते आवेदन दिने अन्तिम दिन रहेको यस आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ। सीडीएसका अनुसार असार १२ गते साँझ ५ः०५ बजेसम्ममा यसमा ९ लाख ६ हजार १०८ जनाले ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन परिसकेको छ। यो […]

इङवा हाइड्रोको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ – इङवा हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज सोमबार रहेको छ। आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज चैत २० गते अन्तिम दिन हो। सोमबार बैंकिङ समयपश्चात आयोजना प्रभावित स्थानीयका लागि आइपीओ बिक्री बन्द हुने कम्पनीले जानकारी गराएको छ। इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ […]

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

तिहारअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । सोमबार देखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।

आज सोह्रश्राद्धको अन्तिम दिन

पितृपक्षको अन्तिम दिन आज ज्ञात–अज्ञात पितृहरूलाई अन्तिम तर्पण दिँदै विसर्जन गरिँदैछ । असोज कृष्णपक्ष हिन्दू वैदिक परम्परामा पितृपक्षका रूपमा मनाइँदै यो पक्षभरि दिवङ्गत आफन्तलाई पवित्र जलको तर्पण र गाईका दूधमा पकाइएको खिरको पिण्ड दिई श्राद्ध गर्ने चलन छ । पितृपक्षका अवसरमा मधेस प्रदेशको प्राचीन मिथिलाक्षेत्रमा तीर्थश्राद्ध गर्ने परम्परा स्थापित छ । टाढाको तीर्थ जान नसक्नेहरू नजिकको …

मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

साउन ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको मन्दाकिनी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

आज चुनाव प्रचारप्रसारको अन्तिम दिन

काठमाडौं, बैशाख २७ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मत माग्ने आज अन्तिम दिन हो । आज मध्य रातीबाट मौन अवधि शुरू हुँदैछ । लामो समयदेखि निर्वाचन केन्द्रित सभा, सम्मेलन गर्दै आएका राजनीतिक दलहरुले आज अन्तिम दिन चुनावी सभाको तयारी गरेका छन् । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा(सम्मेलन, […]

यी कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आइतवार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म यी कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।    विजय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्दैछ । संस्थाले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।     महुली लघुवित्...

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् । यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ […]