धमाधम चुनावलक्षित शिलान्यास

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिल...

सम्बन्धित सामग्री

महामन्त्री शर्माले शिलान्यास गरेको भवनको काम धमाधम

गत २०७८ साल फागुन ९ गते नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त भवनको शिलान्यास गरेका थिए ।

‘शिलान्यास मन्त्री’ लाई पनि अन्तर्घातको खतरा

नेपालगंज : अरुबेला सँधै काठमाडौंकै सत्ता राजनीति, दल विभाजन र लाभ हानीका खेलमा अल्झिरहने जनता समाजवादी पार्टीका सचिव मोहम्मद ईस्तियाक राईलाई चुनाव सन्निकट आएपछि मात्र गाउँको सम्झना भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुको लाभ लिँदै उनले चुनावी स्टन्टबाजीकै लागि धमाधम बाँकेमा भौतिक संरचनाको शिलान्यास अभियान चलाउन थालेका थिए । गत भदौमा उनले रत्न […]

सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना

विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक  शिलान्यास गरेका छन् । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ्–ग्यावाचोक, छब्बीसे –छिरुवा सडक, रातमाटे –माने डाँडा सडक, माने भन्ज्याङ –च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको छ भने आयआर्जन जन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्या

यसरी हुँदैछ कर्णालीमा प्रदेश रङ्गशाला निर्माणको काम

कर्णाली प्रदेशकै गौरवको आयोजनाका रुपमा रहेको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालामा यतिबेला डिजाईन, फिल्ड निर्माण लगायत पहिलो चरणका काम भइरहेका छन् ।गत कार्तिक पहिलो साता मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशाला निर्माणको शिलान्यास गरेका थिए । कर्णाली खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र संज्यालका अनुसार रङ्गशालाको निर्माण ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।रङ्गशाला निर्माणको ठेक्का गत कात्तिक २८ गते एमएसी–जीएसएल कम्पनीले लिएको हो

भरतपुरमा २१ करोड लागतको खानेपानी आयोजनाको शिलान्यास

मंसीर १९, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । शनिवार  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको शिलान्यास गरेका हुन् । आयोजनाको शिलान्यास पछि बोल्दै अध्यक्ष प्रचण्डले देशमा चितवनको विकास मोडेलको रुपमा प्रस्तुत गरेको बताए । चितवनमा हरेक क्षेत्रको धमाधम आयोजना शिलान्यास भइरहेको बताउँदै उनले चितवनमा हुने आर्थिक विकास राष्ट्रिय रूपमा अध्ययन गर्ने विषय हुनुपर्ने बताए । चितवन जिल्लाको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट करोडौँ बजेट विनियोजन भएको दाहालले जानकारी दिए । २० करोड ९८ लाख ४१ हजार १८१ को लागतमा निर्माण हुन लागेको आयोजनाका लागि सरकारको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लगानी रहनेछ । आयोजना निर्माण सम्पन्न गर्ने जिम्मा भीमेश्वर डिलिङ तथा निर्माण सेवाले पाएको छ ।  सम्झौताअनुसार आयोजनामा ४५० घनमिटरको एउटा ओभरहेड ट्यांकी, कार्यालय भवन, गार्ड हाउस, १२६ किमी पाइप जडान, एक हजार ८५५ धारा जडान आगामी २०८० असार ७ गतेभित्रमा सम्पन्न गर्नुपर्ने दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्यले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा तीव्र विकास भइरहेकोे जिकिर गरिन् । उनले महानगरको प्रमुख उद्देश्य नै विकास निर्माण भएकाले आवश्यकताका आधारमा हरेक क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिईन् । भरतपुर महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले यो खानेपानी आयोजना निर्माणपछि एक हजार ८५५ घरधुरी लाभान्वित  हुने बताए ।

'शिलान्यास गरेका औद्योगिक क्षेत्रमा दुई वर्षभित्रै उद्योगहरू सञ्चालन गर्छौं'

मकवानपुर : नेपाल सरकार, मन्त्रिपरिषदको वि.सं.२०७१ साल चैत १ गते बसेको बैठकले देशमा नयाँ औद्योगिक क्षेत्रको पहिचान गर्दै औद्योगिक क्षेत्र विस्तार गर्ने निर्णय लियो।लामो समयपछि यतिबेला देशका विभिन्न ठाउँमा धमाधम औद्योगिक क्षेत्र शिलान्यास भइरहेका छन्। यो साता मुलुकमा विभिन्न भागमा औद्योगिक क्षेत्र शिलान्यासका कार्य सुरु भएका छन्।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरस्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे भने मङ्गलबार लुम्बिनी प्रदेशको बाँकेको नौबस्ता औद्योगिक क्षेत्रको शिला

नेकपा विभाजनको असर : निर्माणाधीन पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ ।  रोल्पामा विकास निर्माणको कामको जस लिन धमाधम निर्माणकार्य भइरहेको पुलको शिलान्यास कार्यक्रम आयोजना गरिएको पाइएको छ ।  सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको नेकपा ओली समूहका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्न लागेका हुन् । पोखरेलले शनिबार (आज) पुल शिलान्यास गर्ने कार्यक्रम छ ।  प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रवारै लिवाङ आइसकेका छन् । सडक पूर्वाध...

उद्घाटन गर्नुपर्ने पुलको फेरि शिलान्यास !

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ । रोल्पामा विकास निर्माणको कामको जस लिन धमाधम निर्माणकार्य भइरहेको पुलको शिलान्यास कार्यक्रम आयोजना गरिएको पाइएको छ ।  सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको नेकपा ओली समूहका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री ...

स्थानीय अस्पताल निर्माण धमाधम

दोलखाका स्थानीय तहले नागरिकलाई सहज रूपमा स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दिन धमाधम अस्पताल निर्माण गरिरहेका छन्। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले सङ्घीय सरकारले २०७७ साल मङ्सिरमा एकैसाथ ३९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको थियो। दुई वर्षअघि दोलखामा शिलान्यास गरिएका छवटा अस्पतालमध्ये पाँचवटा अस्पताल हाल निर्माणाधीन छन्।