यसरी हुँदैछ कर्णालीमा प्रदेश रङ्गशाला निर्माणको काम

कर्णाली प्रदेशकै गौरवको आयोजनाका रुपमा रहेको रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालामा यतिबेला डिजाईन, फिल्ड निर्माण लगायत पहिलो चरणका काम भइरहेका छन् ।गत कार्तिक पहिलो साता मुख्यमन्त्री जीवनबहादुर शाहीले रङ्गशाला निर्माणको शिलान्यास गरेका थिए । कर्णाली खेलकुद परिषदका सदस्यसचिव विश्वामित्र संज्यालका अनुसार रङ्गशालाको निर्माण ३० महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ ।रङ्गशाला निर्माणको ठेक्का गत कात्तिक २८ गते एमएसी–जीएसएल कम्पनीले लिएको हो