चीनसँग सीमा जोडिएको हिमाली जिल्ला रसुवाको टिमुरेमा यतिखेर सुख्खा बन्दरगाह निर्माणकार्य धमाधम भइरहेको छ । नेपाल–चीन अन्तरदेशीय व्यापार सहजीकरण निम्ति निर्माणधीन यस बन्दगाह सन् २०२३ अप्रिलभित्र तयार गरी प्रयोगमा ल्याउने सरकारको लक्ष्य छ ।अहिले परियोजनाको काम धमाधम भइरहेको इन्टरमोडल यातायात विकास समितिले जानकारी दिएको छ । करिब १ अर्ब ५० करोड रुपैयाँ चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमा सुख्खा बन्दरगाह निर्माणाधीन छ । बन्दरगाहको शिलान्यास सन् २०१९ नोभेम्बर २० मा गरिएको थियो । त्यतिखेर बन्दरगाह