नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनको असर विकास निर्माणका काममा समेत देखिन थालेको छ ।
रोल्पामा विकास निर्माणको कामको जस लिन धमाधम निर्माणकार्य भइरहेको पुलको शिलान्यास कार्यक्रम आयोजना गरिएको पाइएको छ । सदरमुकाम लिवाङस्थित धाङसी खोलामा निर्माणाधीन पुलको नेकपा ओली समूहका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गर्न लागेका हुन् । पोखरेलले शनिबार (आज) पुल शिलान्यास गर्ने कार्यक्रम छ ।
प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरी शुक्रवारै लिवाङ आइसकेका छन् । सडक पूर्वाध...