भरतपुरमा २१ करोड लागतको खानेपानी आयोजनाको शिलान्यास

मंसीर १९, चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २६ स्थित दिव्यनगर खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । शनिवार  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको शिलान्यास गरेका हुन् । आयोजनाको शिलान्यास पछि बोल्दै अध्यक्ष प्रचण्डले देशमा चितवनको विकास मोडेलको रुपमा प्रस्तुत गरेको बताए । चितवनमा हरेक क्षेत्रको धमाधम आयोजना शिलान्यास भइरहेको बताउँदै उनले चितवनमा हुने आर्थिक विकास राष्ट्रिय रूपमा अध्ययन गर्ने विषय हुनुपर्ने बताए । चितवन जिल्लाको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट करोडौँ बजेट विनियोजन भएको दाहालले जानकारी दिए । २० करोड ९८ लाख ४१ हजार १८१ को लागतमा निर्माण हुन लागेको आयोजनाका लागि सरकारको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लगानी रहनेछ । आयोजना निर्माण सम्पन्न गर्ने जिम्मा भीमेश्वर डिलिङ तथा निर्माण सेवाले पाएको छ ।  सम्झौताअनुसार आयोजनामा ४५० घनमिटरको एउटा ओभरहेड ट्यांकी, कार्यालय भवन, गार्ड हाउस, १२६ किमी पाइप जडान, एक हजार ८५५ धारा जडान आगामी २०८० असार ७ गतेभित्रमा सम्पन्न गर्नुपर्ने दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्यले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा तीव्र विकास भइरहेकोे जिकिर गरिन् । उनले महानगरको प्रमुख उद्देश्य नै विकास निर्माण भएकाले आवश्यकताका आधारमा हरेक क्षेत्रमा बजेट विनियोजन गरेको जानकारी दिईन् । भरतपुर महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले यो खानेपानी आयोजना निर्माणपछि एक हजार ८५५ घरधुरी लाभान्वित  हुने बताए । 

सम्बन्धित सामग्री

कानेपोखरीमा ३ करोड २७ लाखको लगानीमा खानेपानी आयोजना उद्घाटन

मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजना उद्घाटन भएको छ । कानेपोखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश १ प्रदेशसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले उद्घाटन गरे । १ प्रदेश निर्वाचन क्षेत्रमा एक खानेपानी आयोजना अन्तर्गत सो खानेपानी आयोजना निर्माण भएको हो । २०७५ को पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गरेका थिए । खानेपानीको उद्घाट

बुटवलमा ९ करोडको लागतमा खानेपानी ओभरहेड ट्याङ्की शिलान्यास

बुटवलको मैनाबगरमा एक हजार जनालाई  पुग्ने खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रदेश सरकारको करिब ९ करोड लगानीमा मैनाबगरको अटो भिलेजमा खानेपानी ओभरहेड ट्याङ्की  गरिएको हो । लुम्बिनी प्रदेश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले योजनाको शिलान्यास गर्दै  व्यवसायीलाई स्वामित्व हस्तान्तरण गर्न सके उनीहरुले अपनत्व महसुस गर्ने बताए । उनले उक्त क्षेत्रमा निर्माण हुन लागेको करिडरले अटो क्षेत्र प्रभावित नहुने गरि विकल्पका बारे छलफ

गोरुसिंगेमा १९ करोड बढी लागतको खानेपानी आयोजनाको शिलान्यास

कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ गोरुसिंगेमा १९ करोड बढी लागतको खानेपानी आयोजनाको शिलान्यास गरिएको छ।...

१६ करोड लागतमा खानेपानी आयोजना बन्दै

सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौमा १६ करोड लागतमा बृहत् खानेपानी आयोजना निर्माण गरिने भएको छ । आयोजनाको बुधवार एक कार्यक्रमका बीच वराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका छन् । वराहताल गाउँपालिकाका– ५, ६, ७ र ८ नम्बर वडाका करिब १२ सय घरधुरीलाई पानीको पहुँच पुर्‍याउने लक्ष्यका साथ आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाको अनुमानित लागत १५ करोड ९३ लाख ७४ हजार रुपैयाँमध्ये ७० प्रतिशत अर्थात् ११ करोड १५ लाख ६१ हजार नेपाल सरकारको अनुदान रहनेछ । यस्तै १० प्रतिशतले हुने १ करोड ५९ लाख रुपैयाँ उपभोक्ताले बेहोर्नुपर्नेछ । थप अपुग रकम नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ऋण सम्झौता गरिएको बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए । खानेपानीको समस्या दीर्घकालीन समाधानका लागि सहलगानीमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं १ को शिलान्यास गरिएको उनले बताए । उनका अनुसार आयोजना अन्तर्गत स्किम नं १ को चेपाङ, रक्सेनी, वसन्तपुर र बुटीखण्डमा आयोजना सञ्चालन हुनेछ । ‘अब निर्माण हुने आयोजनाको पहिलो मुहानबाट प्रतिसेकेण्ड साढे १० लिटर, दोस्रोबाट ३ लिटर र तेस्रो मुहानबाट प्रतिसेकेण्ड ४ लिटर दरले पानी संकलन हुनेछ,’ उनले भने, ‘यसरी प्रतिसेकेण्ड १७ लिटर पानी रिजर्भ ट्यांकी मार्फत एकैपटक करिब १२ सय घरधुरीलाई खानेपानीको सुनिश्चितता गरिनेछ ।’ आयोजनाको शिलान्यास कार्यक्रममा वराहताल–५ का वडाध्यक्ष तिलकबहादुर मर्सांगी मगर, ७ नम्बर वडाध्यक्ष कुलबहादुर बुचा मगर, समाजसेवी प्रेमबहादुर बस्नेत, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका इन्जिनियर महेन्द्रसिं थारु, एन्फो संस्थाका प्रतिनिधि, उपभोक्ता लगायतको सहभागिता थियो ।

सुर्खेतको बड्डीचौमा १६ करोड लागतको बृहत खानेपानी आयोजना शिलान्यास

पुस २२, सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौमा १६ करोड लागतको बृहत खानेपानी आयोजना शिलान्यास गरिएको छ । आयोजनाको बुधवार एक कार्यक्रमका बीच बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका छन् ।  बराहताल गाउँपालिकाका–५, ६, ७ र ८ नम्वर वडाका करीब १ हजार २०० घरधुरीलाई पानीको पहुँच पुर्‍याउने लक्ष्यका साथ आयोजना निर्माण गर्न गरिएको हो ।  आयोजनाको अनुमानित लागत कुल १५ करोड ९३ लाख ७४ हजार रुपैयाँ मध्ये ७० प्रतिशत अर्थात् ११ करोड १५ लाख ६१ हजार ८०० रुपैयाँ नेपाल सरकारको अनुदानसँगै १० प्रतिशत अर्थात् १ करोड ५९ लाख ४०० रुपैयाँ उपभोक्ता आफैले व्यहोर्नु पर्नेछ ।  थप अपुग रकम नगर विकास कोषसँग ३ करोड १८ लाख ७४ हजार ८०० रुपैयाँ ऋण सम्झौता गरिएको बड्डीचौर सह–लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष अर्जुनकुमार बुचामगरले जानकारी दिए । उनले पीउने पानीको दिर्घकालिन समस्या समाधानका लागि सह–लगानीमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्किम नं. १ को शिलान्यास गरिएको बताए ।  उनका अनुसार आयोजना अन्तर्गत स्किम नं. १ को चेपाङ, रक्सेनी, बसन्तपुर र बुटीखण्डमा आयोजना सञ्चालन हुने छ । ‘अब निर्माण हुने आयोजनाको पहिलो मुहानबाट प्रति सेकेण्ड साढे १० लिटर, दोस्रोबाट ३ लिटर र तेस्रो मुहानबाट प्रति सेकेण्ड ४ लिटर दरले पानी संकलन हुनेछ,’ उनले भने, ‘यसरी प्रति सेकेण्ड १७ लिटर पानीलाई रिजर्व टंकी मार्फत एकै पटक करीब १ हजार २०० घरधुरीलाई सहजै खानेपानी पानीको सुनिश्चितता गरिनेछ ।’ उनले पश्चिम सुर्खेतको बराहतालका नागरिकलाई स्वच्छ पीउने पानीको पहुँच पु¥याउन सहयोग गर्ने सरोकारवालाई धन्यवाद व्यक्त गरे ।  आयोजना सम्पन्न शिलान्यास कार्यक्रममा बराहताल–५, का वडा अध्यक्ष तिलकबहादुर मर्साङ्गि मगर, ७ नम्वर वडाध्यक्ष कुलबहादुर बुचा मगर, समाजसेवी प्रेमबहादुर बस्नेत, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका ईन्जिनियर महेन्द्रसिं थारु, एन्फो संस्थाका प्रतिनिधिलगायत खानेपानी संस्थाका पदाधिकारी एवं उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

९ करोड लगानीमा खानेपानी आयोजना

रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रवार शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सरकारको ९ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँचओटा ट्यांकी निर्माण गरिने छ । वडा नम्बर ५ को रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो । वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पुर्‍याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया शुरू गरिएको वडाध्यक्ष शान्तबहादुर विकले बताए । पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउनेछ । चालु आर्थिक वर्ष २०७८/७९ मा एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ । उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ । समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहनुभएको छ । अहिले पनि वडा नम्बर ५ का सबै बस्तीका घरघरमा खानेपानीका धारा रहेका छन् । दीर्घकालीन रूपमा योजना निर्माण गरी पछि थप पानीको आवश्यक पर्ने भएकाले यो खानेपानी आयोजना निर्माण हुन लागेको हो । वडाका सबै घरधुरीमा सहजरुपमा शुद्ध खानेपानीको पहुँच पु¥याउने लक्ष्यअनुसार काम भइरहेको वडाध्यक्ष विकले बताए । अहिले ठाराखोला, घङगारचौर र रासुछहरा गरी तीनओटा मुहानको पानी ल्याएर वडा नम्बर ५ का बस्तीमा खानेपानीको आपूर्ति भइरहेको छ । रासस

नौ करोड लगानीमा खानेपानी आयोजना

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे ।  लुम्बिनी प्रदेश सरकारको रु नौ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ

नौ करोड लगानीमा खानेपानी आयोजना

काठमाडौं । रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ । वडा नम्बर ५ का वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गर्नुभयो । लुम्बिनी प्रदेश सरकारको रु नौ करोड बजेटमा […]

९ करोड लगानीमा खानेपानी आयोजना निर्माण हुने

रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ ।  वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया शुरू भएको हो । खानेपानी आयोजनाको शुक्रवार शिलान्यास समेत गरिएको छ । ५ नम्बर वडाका वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरे । लुम्बिनी प्रदेश सरकारको ९ करोड बजेटमा खानेपानी आयोजना निर्माण हुन लागेको छ । थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका ५ वटा ट्यांकी निर्माण गरिने छ । ...

सिमल्टार खानेपानी आयोजना सम्पन्न, २२५ घरधुरी लाभान्वित हुने

तनहुँ, १२ पुस ।  बन्दिपुर–२ सिमल्टारमा लिफ्टेड खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । २०७५ सालमा शिलान्यास भएको १ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको उक्त आयोजना ४ वर्षपछि सम्पन्न भएको हो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं नेविसंघका नेता रोजन बानियाँले सुरु गरेको ४ वर्षमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको जानकारी […]