कञ्चनपुर : बेदकोट नगरपालिका ५ धरमपुरका अनिता डरौलालाई वर्षाको पानी झोपडीमा चुहिँदा रातभर जाग्राम बस्नु पर्ने बाध्यता छ। झुपडीमा सर्प लगायतका विषालु किराको पनि उत्तिकै डर छ।झुपडीमा सबै सामान एकै ठाउमा राख्नु पर्ने र खाना पकाउनका लागि आगो बाल्नु पर्ने भएकाले आगलागी हुने डरले समेत उनलाई सताउने गरेको छ।‘केही दिन अघि मात्रै वर्षासँगै चटयाङ पर्दा झुपडी आगलागी हुन जोगियो’ उनले भनिन् ‘झुपडीभित्र राखिएका इलेक्ट्रोनिक सामान सबै जलेर बिग्रिए।’तीन महिनामै सुरक्षित आवास पाइन्छ भनेर बस