नौ वर्षदेखि पुलको जग निर्माण अलपत्र

निर्माण शुरु गरेको नौ वर्षसम्म अझै भेरी नदीमा पुलको जगसम्म निर्माण हुनसकेको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको हो ।ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो बनेको छ । ठेक्का सम्झौता भएको तीन वर्षभित्र काम सक्ने गरी पुल निर्माणको जिम्मा वाइपी कन्स्ट्रक्सन प्रालि ललितपुरले ठेक्का लिएको थियो । कम्पनीले १०० मिटरको पुल निर्माण गर्न विसं २०६९ मा जिम्मा लिए पनि ३० प

सम्बन्धित सामग्री

पूर्वाधार निर्माण अलपत्र हुँदा स्थानीयवासीलाई सास्ती

काभ्रेपलाञ्चोक, २५ माघ । पछिल्ला केही वर्षदेखि दुर्गम मानिएका काभ्रेपलाञ्चोकको दक्षिणी (महाभारत पर्वत श्रृङ्खला पारी) क्षेत्रमा पूर्वाधारलगायत विकासमा बजेट विनियोजन गर्न थालियो । बजेट आएपछि प्रक्रियागत ढङ्गबाट विशेषगरी विद्यालय भवन, सडक र पक्की पुलका निर्माण थालिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये अतिदुर्गम मानिएका काभ्रेपलाञ्चोकको दुई गाउँपालिका महाभारत र खानीखोलामा सुरु गरिएका पूर्वाधार […]

सडक निर्माण अलपत्र छाडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन

ठेकेदार नै सम्पर्कविहीन भएपछि बाजुराको कोल्टी–मार्तडी सडकखण्डअन्तर्गत पर्ने बडीमालिका नगरपालिका– ७ को चुथीदेखि ढम्कनेसम्मको पाँच किमि सडक कालोपत्रे अलपत्र परेको छ । ३० असार ०८० सम्म काम सक्ने गरी १९ कात्तिक...

‘बेलिब्रिज’ निर्माण अलपत्र

डोल्पा, २१ असार । भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पा ठूलीभेरी नगरपालिकामा पर्ने रुपगार खोलाको ‘बेलिब्रिज’ एक वर्षदेखि अलपत्र बनेको छ । पुल निर्माणको जिम्मा पाएको इको इन्फ्रा विल्डर्सका प्रोप्राइटर तेञ्जिन लामा र रेट्रो टेकका प्रोप्राइटर बादल बुढाबीच लेनदेनको कुरा नमिल्दा पुल निर्माण अलपत्र परेको हो । पुल निर्माण नहुँदा बर्खाको उर्लँदो भेलमा काठको पुलबाट जोखिमपूर्ण […]

मध्यपहाडी लोकमार्गको पातिहाल्ने–लुकुम खण्ड निर्माण अलपत्र

काठमाडौँ,१३ माघ । राष्ट्रिय गौरवको आयोजनामध्येको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१ पातिहाल्ने–लुकुम खण्डको काम अलपत्र भएको छ । तेह्र किलोमिटर लामो रहेको पातिहाल्ने–लुकुम खण्डको कालोपत्र तयारीको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२र७३ मा कालोपत्र तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि अलपत्र अवस्थामा छ । कालोपत्रका लागि जिम्मा पाएको सिद्धिशाही प्रकाश […]

दस वर्षदेखि पुल निर्माण अलपत्र

जाजरकोट  र  रुकुम पश्चिमलाई जोड्ने भेरी नदीको पुल निर्माण सुरु गरेको दस  वर्ष  भइसक्दा  पनि  निर्माण  सम्पन्न  हुन  सकेको छैन । निर्माण व्यवसायीको लापरबाहीले लामो समयदेखि सो पुल निर्माणको काम अलपत्र परेको बताइएको छ । मध्यपहाडी  लोकमार्ग  आयोजनाअन्तर्गतको  रुकुम पश्चिमको  चौरजहारी  र  जाजरकोटको  कुदुलाई  जोड्दै पश्चिमतर्फ  जान्छ ।  सो  पुल  निर्माणमा  भएको  ढिलाइले रुकुम र जाजरकोट दुई जिल्लाको ...

सम्झौताको तीन वर्षसम्म पुल निर्माण अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित देखतभुली–पर्सिया जोड्ने पुल ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पुलको निर्माणकार्य अलपत्र पर्दा ठेक्का सम्झौता सम्पन्न भएको तीन वर्षसम्म पनि पुल निर्माण सम्पन्न हुन नसकेको हो ।वि.सं २०७२ सालमा पुलको ठेक्का सम्झौता भएर २०७२ सालकै पुस २५ देखि सुरु भएको पुलको निर्माणकार्य झण्डै तीन वर्षदेखि ठप्प […]

९ वर्षदेखि पुलको जग निर्माण अलपत्र

जाजरकोट । निर्माण शुरू गरेको ९ वर्षमा भेरी नदीमा पुलको जगसम्म निर्माण हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुमपश्चिम र जाजरकोट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो रहेको छ । ठेक्का सम्झौता भएको ३ वर्षभित्र काम सक्नेगरी पुल निर्माणको जिम्मा वाईपी कन्स्ट्रक्शन प्रालि ललितपुरले लिएको थियो । कम्पनीले १०० मिटरको पुल निर्माण गर्न २०६९ सालमा जिम्मा लिए पनि ३० प्रतिशत काम पनि पूरा हुन नसकेको लोकमार्ग आयोजना कार्यालयले बताएको छ । पुल निर्माणका लागि सरकारले १३ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ । पुल नबन्दा सडक स्तरोन्नतिको काममा समस्या भएको छ । व्यापार÷व्यवसाय गर्न कठिन भएको स्थानीय बासिन्दाको गुनासो छ । पुल नहुँदा दुवै जिल्लाका बासिन्दा झोलुंगे पुलबाट आउजाउ गर्न बाध्य भएको स्थानीयवासी नरबहादुर बस्नेतले बताए । पुलकै कारण चौरजहारी नयाँ शहर निर्माण आयोजनाको काम पनि प्रभावित भएको छ । ठेकेदार राजुप्रसाद श्रेष्ठको चरम लापरबाहीले पुल निर्माण अलपत्र परेको भेरी नगरपालिकाका उपप्रमुख भावना भण्डारीले बताइन् । पटकपटक म्याद थप्दा र ठेकेदारलाई ताकेतापत्र लेख्दासमेत पुल निर्माणको काम अघि बढ्न नसकेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इञ्जिनियर होमनाथ पौडेलले बताए । पुलको चौरजहारी खण्डतिर पिलर तथा फाउण्डेशन निर्माणको काम भए पनि जाजरकोटतिर कुनै काम भएको छैन । कोरोना महामारीको कारण देखाउँदै ठेकेदारले काममा आलटाल गरिरहेको उनको भनाइ छ । पुल निर्माण तत्काल अघि बढाउन ताकेता गर्दै यस वर्ष दुईपटक पत्राचार गरिसकेको कार्यालयले बताएको छ ।       सडक विभागको पुरानो डिजाइनअनुसार काम गर्न समस्या भएपछि काममा ढिलाइ भएको वाइपी कन्स्ट्रक्सनका प्रोप्राइटर श्रेष्ठले बताए । ‘पुल निर्माण शुरू भएको २ वर्षपछि पिलर तथा स्टिलपार्ट भएको पुल डिजाइन रद्द गरी टावरवाला सस्पेन्सन ब्रिज बनाउने डिजाइन बनेको छ, समयमै डिजाइन भएको भए पुलको काम यतिबेला सकिन्थ्यो,’ उनले भने । रासस

कञ्चनरुप–तिरहुत जोड्ने पुल निर्माण अलपत्र

सप्तरीको दुईवटा स्थानीय तह पालिका जोड्ने ठाउँमा विगत सात वर्षदेखि पक्की पुल निर्माण कार्य अलपत्र रहेको पाइएको छ  । लामो समयदेखि सप्तरीको कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिका जोड्ने सुन्दरीखोलामा बन्ने पुल अहिलेसम्म बन्न सकेको छैन ।  करीब सात वर्षअगाडि निर्माण कार्य थालिएको सो पुल  निर्माण कार्य रोकिएपछि अहिलेसम्म पक्की पुल निर्माणको काम पूरा हुन नसकेको गुनासोसमेत पाइएको छ । आर्थिक वर्ष २०७१÷७२  देखि पुलको काम शुरु गरेर आव २०७३÷७४ मा बनाई सक्नुपर्नेमा आव २०७६÷७७ सम्म पनि क...