नवलपरासी सुस्ता अस्पताल निर्माण अलपत्र

काठमाडौं । नवलपरासीको सुस्तास्थित अस्पताल निर्माण अलपत्र परेको छ । ठेकदारको चरम लापरबाहीका कारण सुस्ता अस्पताल निर्माण कार्य अलपत्र परेको हो । ठेकदारले अस्पताल निर्माणका लागि ४१ लाख ९० हजार रुपैयाँ पेस्की लिएर सम्पर्कविहिन भएपछि निर्माण अलपत्र भएको हो । सुस्ता गाउँपालिका–२ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन […]

सम्बन्धित सामग्री

अधिकांश अस्पताल निर्माण अलपत्र

ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले जिल्लामा शिलान्यास गरिएका स्थानीय तहका अधिकांश अस्पतालको भवन निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले पाँचदेखि १५ श-याको अस्पताल बनाउने लक्ष्य अनुसार दोलखाका अधिकांश स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरिएका थिए । थप बजेट नआएपछि शिलान्यास भएका अस्पताल भवन निर्माण हुन नसकेको बताइएको छ ।

अस्पताल निर्माण अलपत्र

प्रदेश सरकारको गौरवको आयोजना प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य अलपत्र परेको छ । २०८१ साल फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको यो अस्पताल भवन निर्माणको काम सुरु नहुँदै रोकिएको हो । आर्थिक वर्ष २०७७/७८ मा कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा ५० शय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्ने योजना बनेको थियो । भवन निर्माणका लागि ९.६२ बिघा वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिएको थियो । सो बराबरको जग्गा शोधभर्ना गर्ने इआइए प्रतिवेदनमा उल्लेख छ ।

तीन करोड लिएर ठेकेदार बेपत्ता,अस्पताल निर्माण अलपत्र

अस्पताल निर्माणको जिम्मेवारी लिएर पेस्की रकम लिएका ठेकेदार सम्पर्कविहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेको छ । सम्बन्धित निकायले ठेकेदारलाई ताकेता नगर्दा उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं २ डाङ्सिनटारस्थित अस्पताल भवनको निर्माण कार्य बिचैमा अलपत्र छ ।

पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ।

पालिका अस्पताल निर्माण अलपत्र

हरेक पालिकामा ५ देखि १५ बेडको अस्पताल स्थापनाको काम अलपत्र परेको छ । तत्कालीन सरकारले २०७७ सालमा हरेक स्थानीय तहमा अस्पताल निर्माणको काम अघि सारेको थियो । कर्णाली प्रदेशका ४१ स्थानीय तहले अस्पताल सञ्चालनका लागि भवन शिलान्यास गरे । तर अधिकांश अलपत्र छन् ।

ठेकदारको चरम लापरबाहीले सुस्ताको अस्पताल निर्माण अलपत्र

ठेकदारको चरम लापरबाहीका कारण सुस्ताको अस्पताल निर्माण कार्य अलपत्र परेको छ । ठेकदारले, अस्पतालका निर्माणका लागि ४१ लाख ९० हजार रुपिया पेस्की समेत लिएर सम्पर्कविहिन रहेकाले अस्पताल निर्माण कार्य अलपत्र बनेको हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा २ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन गरि ठेक्का लगाएको थियो । ठेक्का सम्झौता भएको १६ महिना वितिसक्दा पनि ठेकदार कम्पनीले १ प्रतिशत पनि काम नगर्दा उक्त १० सैया अस्पताल आयोजना अलपत्र बनेक

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।तत्कालीन समयमा अस्पताल निर्माण सुरु गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८

त्रुटिपूर्ण डिजाइनले अस्पताल निर्माण अलपत्र

निजगढ नगरपालिकाको त्रुटिपूर्ण डिजाइनका कारण १५ शय्याको अस्पताल निर्माण अलपत्र परेको छ । वडा–९ मा भवन निर्माण गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको ६ महिना बितिसकेको छ । तर हालसम्म जग मात्र खनिएको छ ।

कर्णालीमा अस्पताल निर्माण अलपत्र

संघीय सरकारले गत आर्थिक वर्षमा ल्याएको ‘एक स्थानीय तह, एक अस्पताल’ कार्यक्रम एक वर्ष बितिसक्दा पनि प्रभावकारी बनेको छैन । कर्णालीका ४२ वटा स्थानीय तहमध्ये आधाले पनि अस्पताल निर्माणको काम सुरु गरेका छैनन् ।

अस्पताल निर्माण अलपत्र ठेकेदार सम्पर्कविहीन

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका चनौटेमा अस्पताल निर्माण अलपत्र भएको छ। १० शय्याको अस्पताल निर्माण सम्पन्न हुनुपर्ने म्याद सकिन एक हप्ता बाँकी रहँदासमेत ठेकेदार भवन निर्माण नगरी सम्पर्कविहीन भएका छन्। उक्त अस्पताल निर्माणका लागि जुगल गाउँपालिका र महादेव खिम्ती अञ्जना ताक्सार जेभी काठमाडौँबीच २०७८ साउन ३१ गते आठ करोड १० लाख ८५ हजार ५२२ रुपियाँ ८० पैसामा ठेक्का सम्झौता भएको थियो।