काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक बनेको छ । भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरूमध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकका रूपमा आइतवार सम्मान गरेको हो ।
एक विशेष कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरे । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताए । उनले बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशनतर्फ गएको बताए । बैंकले अन्तरराष्ट्रियस्तरको उन्नत बैंकिङ प्रविधिमा आधारित कोर बैंकिङ सफ्टवेयर भित्त्याउन ‘आईटी इन्हान्स रोडम्याप’अन्तर्गत काम गरिरहेको उनले बताए ।
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले ४७औं वार्षिक साधारणसभामा उद्योग व्यापारलगायत अन्य क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मानित गरेको छ । वीरगञ्ज नाकाबाट भारततर्फ सर्वाधिक निकासी गर्ने क्रमश: डाबर नेपाल, त्रिवेणी स्पीनिङ मिल्स र शिवशक्ति केमोप्लाष्ट सम्मानित भएका छन् । तेस्रो मुलुकतर्फ सर्वाधिक निर्यात गर्नेमा पनि त्रिवेणी स्पीनिङ मिल्स, डाबर नेपाल र नारायणी लेदर पनि सम्मानित भए । साफ्टा सहुलियतमा भारततर्फ निर्यात गर्ने ओसीबी फुड्स एण्ड फिड्स, शिवशक्ति घ्यू उद्योग र नन्दन घ्यू एण्ड आयल इण्डष्ट्रिजलाई सम्मान मिलेको छ । युवा उद्यमीमा अनुप अग्रवाल सम्मानित भएका छन् । महिला उद्यमतर्फ रजनी झा र शवनम श्रेष्ठलाई सम्मान गरेको छ । सञ्चारक्षेत्रतर्फ पत्रकार कविता खड्का, रामकुमार सर्राफ र राधेश्याम पटेल सम्मानित भएका छन् ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक आर्थिक वर्ष २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा सम्मानित भएको छ ।नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औं वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई […]
निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पहिलो नम्बरमा परेको छ । आ.व. २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रुपमा बैंक सम्मानित भएको हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औं वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । बैं
काठमाडौँ,१३ साउन । रक्तदान नै जीवनदान भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल रक्तदाता समाजको शाखा गठन गरिएको छ । छपन्नौ राष्ट्रिय रक्तसञ्चार दिवसका अवसरमा देशकै र कर्णालीका सर्वाधिक रक्तदाताद्वारा उक्त समाजको शाखा गठन गरिनाका साथै जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा बृहत रक्तदान कार्यक्रम गरिएको हो । नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्मचार्य र […]
अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ वाणिज्य बैंकहरूले बोनस सेयर र नगद लाभांश घोषणा गरेका छन् । हालसम्म नबिल बैंकले सर्वाधिक बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । बैंकले अघिल्लो...
कात्तिक ९, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सर्वाधिक हिस्सा ओगटेको बैंकिङ्ग समूहको मंगलवार रू. १ अर्ब ३७ करोड २८ लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ ।
१६ हजार १४ पटकको व्यापारमा यो दिन बैंकिङ्ग समूहको २५ लाख १९ हजार २११ कित्ता शेयर खरीदविक्री भएको हो । कुल कारोबारमा मंगलवार वाणिज्य बैंकको हिस्सा २१ दशमलव ७३ प्रतिशत रहेको छ । बजारमा सर्वाधिक पूँजीकरणको हिस्सा ओगटेको बैंकिङ समूहमा भने बजारले ३ हजार २०० विन्दु पार गर्दा समेत उत्साह देखिएको छैन।
यतिबेला धेरै जसो बैंकहरुले लाभांश सार्वजनिक गरिसक्दा पनि कारोबारमा भने उत्साहक अन्य समूहको तुलनामा कमनै देखिएको छ । मंगलवार कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत् समूहले ओगटेको छ । जलविद्युत समूहको यस दिन रू. १ अर्ब ६० करोड ४८ लाख ६ हजार बराबरको ३३ लाख ३६ हजार ४३५ कित्ता शेयर कारोबार भएको छ ।
यो दिन कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा २५ दशमलव ४० प्रतिशत रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये २६ ओटा वाणिज्य बैंकहरु रहेका छन् भने ४१ जलविद्युत् कम्पनीहरु रहेका छन् ।
पछिल्लो समय जलविद्युत् समूहका कम्पनीहरु धितोपत्र दोस्रो बजारमा थपिने क्रम जारी रहेको छ । कम पूँजी भएका जलविद्युत् कम्पनीहरुको शेयरप्रति बजारले गति लिन थालेसँगै लगानीकर्ताहरुको आकर्षण बढ्ने थालेको हो ।
विगतका दिनहरुमा अंकितमूल्यभन्दा कम मूल्य रहेका जलविद्युत् कम्पनीहरुको शेयरमूल्य हाल रू. ५०० को हाराहारीमा पुगेको छ । मंगलवार मात्र उच्च दरमा शेयरमूल्य बढ्ने २० कम्पनीहरुमध्ये १७ ओटा जलविद्युत् कम्पनीहरु रहेका छन् ।
काठमाडौं (अस) । एनएमबी बैंकले सबै वर्गलाई समेट्ने गरी निक्षेपमा अन्य बैंकले भन्दा सबैभन्दा बढी ब्याज दिएको जनाएकोे छ ।बैंकले ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५ दशमलव ६ प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । यस्तो ब्याजदर अन्य वाणिज्य बैंकले दिएभन्दा सर्वाधिक रहेको एनएमबीले बताएको छ ।
काठमाडौं । नविल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरुमध्ये नबिल बैक सर्वाधिक नाफा कमाउने बैंकको एक नम्बरमा परेको हो ।
अघिल्लो बर्ष ३ अर्ब ...