वीरगञ्ज उद्योग वाणिज्य संघले गर्‍यो सम्मान

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले ४७औं वार्षिक साधारणसभामा उद्योग व्यापारलगायत अन्य क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मानित गरेको छ । वीरगञ्ज नाकाबाट भारततर्फ सर्वाधिक निकासी गर्ने क्रमश: डाबर नेपाल, त्रिवेणी स्पीनिङ मिल्स र शिवशक्ति केमोप्लाष्ट सम्मानित भएका छन् ।  तेस्रो मुलुकतर्फ सर्वाधिक निर्यात गर्नेमा पनि त्रिवेणी स्पीनिङ मिल्स, डाबर नेपाल र नारायणी लेदर पनि सम्मानित भए । साफ्टा सहुलियतमा भारततर्फ निर्यात गर्ने ओसीबी फुड्स एण्ड फिड्स, शिवशक्ति घ्यू उद्योग र नन्दन घ्यू एण्ड आयल इण्डष्ट्रिजलाई सम्मान मिलेको छ । युवा उद्यमीमा अनुप अग्रवाल सम्मानित भएका छन् । महिला उद्यमतर्फ रजनी झा र शवनम श्रेष्ठलाई सम्मान गरेको छ । सञ्चारक्षेत्रतर्फ पत्रकार कविता खड्का, रामकुमार सर्राफ र राधेश्याम पटेल सम्मानित भएका छन् ।

सम्बन्धित सामग्री

विद्युत् लाइन काट्दा औद्योगिक वातावरण बिग्रियो : वीरगञ्ज उद्योग वाणिज्य संघ

१७ पुस, काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल विवादमा उद्योगहरुको लाइन काटिएको प्रति वीरगञ्ज उद्योग वाणिज्य संघले विरोध जनाएको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गरी यो निर्णयलाई नेपाल विद्युत् प्राधिकरणको असान्दर्भिक र अव्यावहारिक नीति भनेको छ । यसबाट औद्योगिक ग्राहक अन्याय र अन्योलमा परेको भन्दै यसले औद्योगिक वातावरण बिगार्ने जोखिम बढेको […]

खल्तीलाई वीरगन्ज उद्योग वाणिज्य संघको सम्मान

खल्ती प्राइभेट लिमिटेडले वीरगञ्ज उद्योग वाणिज्य संघ (वीउवासंघ) बाट सम्मान पाएको छ । संघको ४७औं साधारण सभामा नेपालको व्यापारिक इकोसिस्टममा योगदानका लागि खल्तीलाई सम्मान प्रदान गरिएको हो । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ नेपालका विभिन्न क्षेत्रमा आफ्नो उत्कृष्ट कार्यमार्फत योगदान पुर्‍याउने संस्था र व्यक्तिलाई सम्मान गरिएको जनाइएको छ । मोबाइल वालेट ‘खल्ती’ को ६ वर्षको […]

वीरगञ्ज उद्योग वाणिज्य संघ र सिंगापुर चेम्बरबीच सम्झौता

वीरगञ्ज उद्योग वाणिज्य संघ र सिंगापुर च्याम्बर अफ कमर्सबीच द्विराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि सहजीकरण गर्ने सम्झौता गरेको छ ।वीरगन्ज उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डलले मंगलबार सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीसँग भेटघाट गरी विविध विषयमा छलफल गरेका छन् ।छलफलका क्रममा सिंगापुर उवासंघ र वीरगञ्ज उवासंघले निजी क्षेत्रको व्यापार तथा व्यापारिक गतिविधि प्रबद्र्धन गर्ने, द्विराष्ट्रिय व्यापार […]

चेम्बरले भेट्यो वीरगञ्जका व्यवसायी, व्यवसायीका हक हितका लागि एक भएर अगाडी बढ्ने

नेपाल चेम्बर अफ कमर्श र वीरगञ्ज उद्योग वाणिज्यसंघले देशको वर्तमान आर्थिक स्थितीको विषयमा छलफल गरेका छन् । तरलता अभावले अर्थतन्त्रमा देखिएको शिथिलता र ब्याजदरमा भएको वृद्धिले लगानीको वातावरणमा आएको ह्रासको विषयमा छलफल गरेका हुन् ।यसक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले तरलता अभावका कारणले लगानीको वातावरणमा ह्रास आउँदा समस्त निजी क्षेत्र साझा अवधारणा लिएर अगाडी बढ्नुपर्ने बताए । उनले कृषिलाई निजी क्षेत्रले उद्यमकोरूपमा प्राथमिकतामा राख्नुपर्ने समेत बताए ।वीरगञ्ज उद्योग वाणिज्य संघ पनि नेपाल चेम

वीरगञ्जलाई आर्थिक राजधानी बनाउने प्रयासः नेताहरूले बिर्सिएको प्रतिबद्धता

वीरगञ्ज, माघ २ । ‘वीरगञ्जलाई आर्थिक राजधानीका रूपमा मान्यता दिलाउन हामी प्रतिबद्ध छौं ।’ वीरगञ्ज उद्योग वाणिज्य संघ र आर्थिक अभियान दैनिकले २०७० भदौ २० गते वीरगञ्जमा आयोजना गरेको ‘नेपाल लिडरसीप समिट’मा त्यसबेला ५ जना पूर्वप्रधानमन्त्रीले योसहित १२ बुँदा समेटिएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । शीर्षस्थ नेताहरूबाट हस्ताक्षर भएको विकासको १० वर्षे मार्गचित्रको समयसीमा सकिन […]

उद्यमी सुबोधकुमार गुप्ता नेपाल–युएई बिजनेश काउन्सिलको उपाध्यक्षमा मनोनीत

काठमाडौं (अस) । उद्यमी सुबोधकुमार गुप्ता नेपाल–यूएई बिजनेश काउन्सिलको द्वितीय उपाध्यक्षमा मनोनित भएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य रहेका गुप्तालाई नेपालस्थित यूएई दूतावासले सो पदमा मनोनीत गरेको हो । दूतावासले बिहीवार काठमाडौंमा एक समारोह आयोजना गरी सपथ ग्रहण गराएको छ । नेपालका लागि यूएईका राजदूत साइद हमदन अलनक्बीले सपथ गराएका हुन् । यूएई दूतावास र सीईओ क्लब ग्लोबल नेपाल र सेन्टर फर डिप्लोम्याटिक डायलगको सहकार्यमा काउन्सिल गठन भएको हो । काउन्सिलको माध्यमबाट औद्योगिक व्यापारिक लगानीका अवसरहरूको खोजी र उपयोग प्रभावकारी हुने विश्वास गुप्ताले व्यक्त गरे । यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल तेल दाल उद्योग संघले विज्ञप्ति निकालेर गुप्तालाई शुभकामना दिएका छन् ।

https://www.onlinekhabar.com/2020/03/841417

२० फागुन, वीरगञ्ज । वीरगञ्जमा एकदिने नव उद्यमी हाट बजारको आयोजना गरिएको छ । युवा विद्यार्थीलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज र अन्तरप्रेरणा प्रालिले नव उद्यमी हाट बजारको …

शर्मामाथि हातपात गर्नेलाई कारबाही गर : वीरगञ्ज उद्योग वाणिज्य संघ

५ मंसिर, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष एवं प्रदेशसभा सदस्य ओम प्रकाश शर्मामाथि भएको हातपातको घटनाको विरोध गरेको छ । बुधबार भएको घटनाको भत्र्सना गर्दै संघले बिहीबार प्रेस विज्ञप्ती जारी गरेको …

मोदीलाई जनकपुरमा १२१ किलोको ३ वटा माला

२८, वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा मालाको सम्मान दिइएको छ । उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभनिन्दन पनि गरिएको छ । शुक्रबार जनकपुरको रंगभूमि मैदानमा आयोजित …