काठमाडौं । नविल बैंक सर्वाधिक नाफा कमाउने बैंक बनेको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकहरुमध्ये नबिल बैक सर्वाधिक नाफा कमाउने बैंकको एक नम्बरमा परेको हो ।
अघिल्लो बर्ष ३ अर्ब ...
१७ कात्तिक, काठमाडौं । कर्जा असुलीमा समस्या हुँदा सम्भावित कर्जा नोक्सानीको लागि प्रोभिजन बढेसँगै ग्लोबल आईएमई बैंकको नाफा प्रभावित भएको छ । गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डुलाई गाभेर एकीकृत कारोबार सुरु भएको थियो । तर, गत आर्थिक वर्षको प्रथम त्रैमासमा छुट्टाछुट्टै कारोबार गरिरहेका यी दुई बैंकको चालु आर्थिक वर्षको प्रथम […]
काठमाण्डाै - वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक वित्तीय विवरणअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले ५६ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका थिए । केही बैंक मर्जपछि सार्वजनिक भएको एकीकृत वित्तीय विवरणमा नाफा बढेको देखिएको छ ।नेपाल बङ्लादेश बैंकसँग मर्ज भएको नबिल बैंकको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको छ । नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...
वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको खुद नाफा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैतको तुलनामा वैशाखमा संस्थाहरूको खुद नाफा १७.११ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको १० महिनामा बैंक तथा...
सिमकोट – राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखाको नाफा अघिल्लो वर्षभन्दा झण्डै दोब्बर वृद्धि भएको छ। जोखिममा रहेको कर्जालाई बैंकले असुली र नवीकरण गर्न सफल भएपछि नाफा दोब्बर वृद्धि भएको हो। बैंकका प्रबन्धक सविता शाहीका अनुुसार ०७८।७९ मा बैंकले कुल नाफा एक करोड ४६ लाख कमाउन सफल भएको छ। जबकि ०७७।७८ मा उक्त बैंकले नाफा ७६ […]
काठमाडौँ – लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन्। विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन्। तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन्। शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। अघिल्लो आर्थिक वर्षमा […]
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रूपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि गरेको हो।...
२७ वटा वाणिज्य बैंकहरू मध्येकै ठूलो बैंक ग्लोबल आईएमई बैंक चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंकको शीर्ष स्थानमा रहन सफल भएको छ । बैंकले आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म २ अर्ब ६६ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ३५ करोड रूपैयाँले बढी हो । बैंकले गत वर्षको पुस मसान्तसम्म २ अर्ब ३१ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । बैंकले समीक्षा अवधिमा ४ अर्ब ७९ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तो ब
काठमाडौं। आयल निगमले नाफामा सबै सरकारी संस्थानलाई उछिनेको छ। गत वर्ष २०७७ मा १२ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको हो। नाफा कमाउने सरकारी संस्थानको दोस्रो स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड रुपैयाँ कमाएको छ। यसैगरी, तेस्रोमा नेपाल टेलिकम, चौथोमा राष्ट्रिय वाणिज्य बैंक र पाँचौंमा कृषि विकास बैंक रहेका छन्।
सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३३ लाख ६६ हजार नाफा कमाएको छ । बैंकको गत आवको सोही अवधिको नाफा २७ करोड ५० लाख ४३ हजार रहेको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४७ प्रतिशतले बढी हो ।बैंकले प्रकाशित गरेको वित्तीय विवरण […]