वाणिज्य बैंकमध्ये एनएमबीको बचत खातामा सर्वाधिक ब्याज

काठमाडौं (अस) । एनएमबी बैंकले सबै वर्गलाई समेट्ने गरी निक्षेपमा अन्य बैंकले भन्दा सबैभन्दा बढी ब्याज दिएको जनाएकोे छ ।बैंकले ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५ दशमलव ६ प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ । यस्तो ब्याजदर अन्य वाणिज्य बैंकले दिएभन्दा सर्वाधिक रहेको एनएमबीले बताएको छ ।