हिमालय एअरलाइन्सले सार्वजनिक गर्‍यो भाडा र उडान तालिका (सूचीसहित)

काठमाण्डौ – हिमालय एअरलाइन्सले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने चार्टर्ड उडानको नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको छ । सरकारले पहिलो पटक तोकेको भाडादर महंगो भएको भन्दै चौतर्फी विरोध भएपछि भाडा घटाउँदै हिमालय एअरलाइन्सले नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको हो । हिमालय एअ...

सम्बन्धित सामग्री

गुल्मीबाट सातामा २ दिन काठमाडौं उडान हुने

गुल्मी : गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले हप्ताको २ दिन उडान गर्ने भएको छ। नागरिक उड्डयन प्राधिकरणले रेसुङ्गा विमानस्थलबाट हप्ताको २ दिन मंगलबार र शुक्रबार उडान गर्ने अनुमति दिएको हो।रेसुङ्गा नगरपालिका र नेपाल वायुसेवा निगमसँग नियमित उडान गर्नेबारे गत फागुनमा सम्झौता गरेको थियो। रेसुङ्गा विमानस्थलबाट काठमाडौंसम्मको हवाई भाडा प्रतिव्यक्ति ६ हजार रूपैयाँ लाग्नेछ।काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उड्ने तालिका रहेको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिल

अब पोखराबाट हुने भयो भद्रपुर सिधा उडान, साढे ७ हजार रुपैयाँ भाडा

१८ फागुन, काठमाडौं । अब पोखराबाट पूर्वी नेपालको ठूलो विमानस्थल झापाको भद्रपुरमा सिधा उडान हुने भएको छ । बुद्ध एयरले पोखरालाई केन्द्रमा राखेर प्रादेशिक उडान विस्तार गर्ने क्रममा भद्रपुरमा उडान तालिका सार्वजनिक गरेको हो । कम्पनीका …

सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि नियमित उडान गर्दै तारा एयर

फागुन ४, ताप्लेजुङ । तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान गर्ने भएको छ ।  निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतवार र बिहीवार काठमाडौंबाट उडान गर्न लागेको हो । यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्ग कालोपत्र भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा नियमित उडान गर्न लागिएको जानकारी दिए ।  विमानस्थलको धावनमार्ग कालोपत्र हुनुअघि २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२:३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंबाट इलामसम्मको उडान अवधि करीब एक घण्टाको हुनेछ ।  यसअघि गत माघ ३ गते इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नु पर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा रू. नौ हजार कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकामा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।  इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेडपाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका नागरिकलाई हवाईयात्राका लागि सहज हुनेछ । रासस

फ्युल सजचार्ज फेरि बढ्यो, हवाई भाडा वृद्धि हुने

हवाई फ्युल सजचार्ज फेरि बढेको छ । १२ दिनको अन्तरालमा नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेसँगै नेपाल वायु सेवा सञ्चालक संघले पुनः फ्युल सजचार्ज वृद्धि गर्ने निर्णय गरेको हो । संघले आइतबार एक सूचना जारी गर्दै उडान गन्तव्यको दुरीको हिसाबमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म फ्युल सजचार्ज वृद्धि गरेको जनाएको छ । संघले जारी गरेको नयाँ तालिका अनुसार सबैभन्दा बढी काठमाडौं–धनगढी अधिकतम २२० रुपैयाँले फ्युल सजचार्ज वृद्धि गरेको जनाइएको छ । मूल्य वृद्धिसँगै यस स्थानका ल

आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा हवाई कम्पनीहरु

असार १२, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।             आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले संक्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । ती एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने बताएका छन् ।             एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतवारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने बताएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित संख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको बताएका छन् ।             अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने बताएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले बताएको छ ।             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ ।             अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ ओटा उडान गर्नेछ । कम्पनीले काठमाडौंदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।             यस्तै यती एयरलाइन्सले कुल १५ ओटा उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।             कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।   रासस

हिमालय एअरलाइन्सले सार्वजनिक गर्‍यो भाडा र उडान तालिका (सूचीसहित)

काठमाण्डौ – हिमालय एअरलाइन्सले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि हुने चार्टर्ड उडानको नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको छ । सरकारले पहिलो पटक तोकेको भाडादर महंगो भएको भन्दै चौतर्फी विरोध भएपछि भाडा घटाउँदै हिमालय एअरलाइन्सले नयाँ भाडा दर र उडान तालिका सार्वजनिक गरेको हो । हिमालय एअ...

प्रवासी मजदुरको उद्दार : भाडा र तालिका निश्चित, उद्धार उडान अनिश्चित

साउदी, कतार, बहराइन, मलेसिया र माल्दिभ्सका प्रारम्भिक उडान स्थगित, युएईको उडान अनिश्चित हवाई भाडाका विषयमा

‘उद्धार उडान’को भाडा सामान्य घट्यो

विदेशमा अलपत्र नेपालीले साबिकको तुलनामा दोब्बरभन्दा बढी रकम तिरे पनि सरकारले ‘उद्धार’ भन्ने गरेको चार्टर्ड उडानको भाडा सामान्य घटेको छ । आइतबारदेखि ‘उद्धार गर्ने’ तयारी अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत बुधबार उडान तालिका र भाडा दर सार्वजनिक गरेको थियो ।

नियमित उडान गर्न आलटाल

वायु सेवा कम्पनीले जुन महिनादेखि रामेछाप–काठमाडौँ नियमित उडान गर्ने प्रतिबद्धता जनाए पनि अझै नियमित उडान हुन सकेको छैन। नियमित उडान तालिका अनुमोदन र भाडा निर्धारण भइसक्दासमेत वायु सेवा कम्पनीले अझै नियमित उडान गर्न आलटाल गरिरहेका छन्।