आन्तरिक उडान सञ्चालन गर्ने तयारीमा हवाई कम्पनीहरु

असार १२, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।             आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले संक्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । ती एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने बताएका छन् ।             एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतवारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने बताएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित संख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको बताएका छन् ।             अघिल्लो महामारीपछिको उडानमा हवाई भाडामा भारी छुटका साथ उडान गरेका एयरलाइन्सले पछिल्लो उडानमा हवाई भाडा केही मात्रामा बढ्नसक्ने बताएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेकाले साबिकको हवाई भाडादर केही वृद्धि हुने बुद्ध एयरले बताएको छ ।             संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेको छ ।             अहिलेको अवस्थामा बुद्ध एयरले जम्मा ३१ ओटा उडान गर्नेछ । कम्पनीले काठमाडौंदेखि विराटनगर गन्तव्यमा दैनिक चार, भद्रपुर तीन, तुम्लिङटार एक, जनकपुर तीन, पोखरा तीन, भैरहवा पाँच, धनगढी दुई र सुर्खेत एक उडान गर्ने तालिका बनाएको छ ।             यस्तै यती एयरलाइन्सले कुल १५ ओटा उडान गर्नेछ । यतीले विराटनगर तीन, भद्रपुर दुई, जनकपुर दुई, सिमरा दुई र पोखरा दुई उडान तालिका बनाएको छ । श्री एयरलाइन्सले सात, सौर्य एयरलाइन्सका तीन उडान तालिका छन् ।             कोभिड महामारी नियन्त्रण गर्न सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ गतेदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका संक्रमित बढेसँगै सरकारले गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।   रासस

सम्बन्धित सामग्री

अमेरिकाको आन्तरिक उडान पुनः सुरु

२८ पुस, काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो । उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको […]

अमेरिकाका सबै आन्तरिक उडान ठप्प

उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएका छन् । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि आन्तरिक उडान रोकिएका हुन् । हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा...

अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध

२७ पुस, काठमाडौं । उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो । खराबी देखिएको प्रणाली यस्तो हो, जसले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँछ । प्रणाली सुधारको काम भइरहेको र चाँडै नै उडान […]

आजपनि आन्तरिक उडान प्रभावित

काठमाडौं, पुस २० । मौसम खराबीका कारण आज पनि देशभरको हवाई सेवा अवरुद्ध भएको छ । हुस्सु र कुहिरोका कारण भिजिभिलिटी कम हुँदा कुनै पनि आन्तरिक उडान हुन नसकेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको हो । आन्तरिक उडान प्रभावित भए पनि […]

निगमको आन्तरिक उडान ठप्प

१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]

आन्तरिक उडान नियमितरुपमा सञ्चालन गर्न सहमत

आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन्। आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो।...

आन्तरिक उडान प्रभावित

आइतबार प्रतिकूल मौसमका कारण ११ वटा आन्तरिक उडान रद्द भएको छ । यस वर्षको मनसुन प्रणाली आइतबारबाट नेपाल प्रवेश गरेसँगै आन्तरिक उडान प्रभावित भएको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ बाट मनसुन विकसित भएको र क्रमशः देशभर नै विकसित हुने क्रममा छ । आइतबार लुक्लाको ८ उडान रद्द भएको छ । जसमा […]

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

अफगानिस्तानमा आन्तरिक उडान सुरु

एजेन्सी । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आफ्नो आन्तरिक उडान सुरु गरेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अगस्ट अन्त्यमा अमेरिकी सेना बाहिरिएसँगै घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा […]

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौँ । सरकारले आजदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । यसैगरी सरकारले वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा पनि […]