सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि नियमित उडान गर्दै तारा एयर

फागुन ४, ताप्लेजुङ । तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान गर्ने भएको छ ।  निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एयरले साताको आइतवार र बिहीवार काठमाडौंबाट उडान गर्न लागेको हो । यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले धावनमार्ग कालोपत्र भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा नियमित उडान गर्न लागिएको जानकारी दिए ।  विमानस्थलको धावनमार्ग कालोपत्र हुनुअघि २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२:३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंबाट इलामसम्मको उडान अवधि करीब एक घण्टाको हुनेछ ।  यसअघि गत माघ ३ गते इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थलमा उडान सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नु पर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा रू. नौ हजार कायम गरिएको छ । त्यस्तै उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकामा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।  इलाममा सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेडपाण्डा पाइने वन  तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् । सुकिलम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका नागरिकलाई हवाईयात्राका लागि सहज हुनेछ । रासस

सम्बन्धित सामग्री

तारा एयर दुर्घटनामा प्राविधिक र मानवीय त्रुटि

काठमाडौं, वैशाख २७ । गत वर्ष जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ नजिकै सानुसरे भिरमा भएको तारा एयरको नाइन एन एइटी विमान दुर्घटनामा मानवीय त्रुटिसँगै र जहाजमा समेत प्राविधिक समस्या रहेको भेटिएको छ । चालक दलसहित २२ जनाको मृत्यु भएको उक्त दुर्घटना यसअघि खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो । जहाज […]

तारा एयर दुर्घटनामा मृतकको अन्त्येष्टि (फोटोफिचर)

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन चालक दलका सदस्य र १९ यात्रुको निधन भएको थियो । सोमबार र मंगलबार दुई दिन लगाएर काठमाडौं ल्याइएको शव पोष्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ । शव बुझेसँगै […] The post तारा एयर दुर्घटनामा मृतकको अन्त्येष्टि (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर दुर्घटनाको शव आज हस्तान्तरण गरिने

काठमाडौं।एमाले बागमती प्रदेशसभा बैठकमा अवरोध गरेको छ।आजदेखि मधेश प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुने भएको छ।बारामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।तारा एयर दुर्घटनामा परेका सबैको शव आज हस्तान्तरण गरिने भएको छ र दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ।

तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ […] The post तारा एयर दुर्घटना : थप १२ मृतकको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर दुर्घटना : सबै शव संकलन, भेटियो सीभीआर पनि

काठमाडौं : तारा एयर दुर्घटनामा परी मृत्यु भएका बाँकी १२ जना यात्रुको शव संकलन भएको छ। यतिखेर बाँकी शव लिनका लागि काठमाडौंबाट गएको नेपाली सेनाको एमआइ-१७ हेलिकोप्टर भने मौसमी प्रतिकूलताका कारण आँबुखैरेनीमा अवतरण गराइएको छ। पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर जहाज आइतवार मुस्ताङको थसाङस्थित सानोसरे भीरमा दुर्घटनामा परेको थियो।…

बाटो बिराएपछि उचाइ लिँदा चट्टानमा ठोक्कियो तारा एयर

काठमाडौं, जेठ १७ । पोखराबाट उडान भरेको तारा एयरको विमान १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो। विमानको अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेट जाँदा घोरेपानीको आकाशबाट सम्पर्क भएको थियो, त्यसपछि विमानबारे पत्तो लागेको थिएन। ताराको विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाइमा […]

तारा एयर दुर्घटना : १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौँ– मुस्ताङमा तारा एयर विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।  काठमाडौं ल्याएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने र त्यसपछि आफन्तको जिम्मा लगाउने तयारी छ । शव ल्याइने भएसँगै मृतकका आफन्त त्रिभुवन विमानस्थल पुगेका थिए […]

तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले आइतबार तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद […] The post तारा एयर विमान दुर्घटना छानबिन गर्न ५ सदस्यीय आयोग गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयर दुर्घटना: अहिलेसम्म करिब १६ शव भेटियो

पोखरा । तारा एयर विमान दुर्घटनामा परेकामध्ये अहिलेसम्म करिब १६ जनाको शव फेला परेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले हालसम्म १६ वटा शव संकलन भइसकेको र अन्यको खोज्ने काम जारी रहेको हिमाल पे्रसलाई बताए । सबैको शव संकलनसँगै मुचुल्का तयार पारेपछि हेलिकोप्टरमार्फत् उद्धार गरिनेछ । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा […] The post तारा एयर दुर्घटना: अहिलेसम्म करिब १६ शव भेटियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी छ । न्युजकारखानाबाट The post पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्क विहीन appeared first on राजधानी राष्ट्रिय दैनिक.