लामो दुरीका सवारी चालकलाई ट्राफिक प्रहरीको फूलमाला

काठमाडौँ । चाडपर्वलाई लक्षित गरेर लामो दुरीमा चल्ने सवारी साधनका चालकलाई काठमाडौँको बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको छ ।  उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाले सोमबार चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना सहित बिदाइ गरेका हुन् ।  चाडपर्वमा हुने सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरी, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीले […]