डाेटी - डाेटीमा लामाे समयदेखि बाँझो रहेका जमिनमा यस वर्ष धानलगायतका खेती गरिएको छ । अन्य वर्षको तुलनामा यो वर्ष जिल्लामा धान रोपाइँ बढी भएको छ । समयमै मनसुन सुरु भएका कारण डोटीमा यो वर्ष ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण सहरबाट घर आएका युवा गाउँमै रहेका कारण बाँझो जमिनमा रोपाइँ गरिएको छ । सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल, राजपुरका अनुसार जिल्लामा कुल दश हजार ७१५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएकोमा अहिलेसम्म कुल चार हजार ५०० हेक्टर क्षेत्रफलमा धान रोपा...