खेत बगरमा परिणत भएपछि…

काठमाडौँ,२२ असार । मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ । बागलुङमा अविरल वर्षाका कारण ठूलोमात्रामा भौतिक क्षति पुगेको छ । बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ । तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ । किसानले यही […]

सम्बन्धित सामग्री

धान खेत बगरमा परिणत हुँदा किसान चिन्तित

तानसेन नगरपालिका–९ का केशव दर्लामीको ५ रोपनी खेत बगरले पुरेपछि वर्षभरि खाने अन्नको जोहो कसरी गर्ने भन्नेमा चिन्तित छन् । तिनाउ खोलामा आएको बाढी पसेपछि दर्लामीको भएको सबै खेत बगर बनेको छ । तिनाउ खोलाले भंगालो पारेर बाढी पस्दा गग्रेटो र बालुवाले भरिएको छ ।

बाढीले काभ्रेका धानखेत एकै रातमा बनायो बगर

काभ्रे : धान रोपेको केही साता नबित्दै खेत बगरमा परिणत भएका छन्। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको मण्डनदेउपुर नगरपालिकाका अधिकांश क्षेत्रका लहलह धानखेत बगरमा परिणत भएका हुन्।मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाईबाले सयौं रोपनीमा लगाएको धानबाली बाढीले पूरै नष्ट गरेको बताए। उनका अनुसार चाखोला फाँट, जैसीथोक फेदी फाँट, चनौटे फाँटलगायत क्षेत्रमा रोपिएको धान बगर बनेको छ।नगरकोट क्षेत्रमा अत्यधिक वर्षापछि चाखोलामा आएको बाढीले खेत बगर बनाएपछि यहाँका सयौं कि