महाकाली करिडोरले कुलो पुर्दा खेत बाँझै

बैतडी : महाकाली करिडोर सडकले बैतडीमा कुलो पुर्दा किसानका खेत बाँझै रहेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका– २ को बज्वागडा स्कुल अगाडिदेखि करिडोरको कटिङ गर्दा कुलो पुरिएकाले यहाँका किसानका खेत बाँझै रहेका हुन्।कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझो रहेका किसान धनसिंह मंगोलाले बताए। अहिले डिम्मर, मटयानीका ४५ किसानको खेत बाँझै रहेको छ।करिडोर खन्ने क्रममा कुलो पुरिएपछि पञ्चेश्वर गाउँपालिका–२ को डिम्मर, मटयानी लगायतका खेतहरुमा पानी नल

सम्बन्धित सामग्री

सिँचाइ कुलो भत्किएको दुई वर्षसम्म भएन पुनर्निर्माण

यतिबेला कैलालीमा धानको बेर्ना राख्ने समय भयो । घोडाघोडीका करिब पाँचसय किसान वर्षौदेखिको सिँचाइ कुलो भत्किएको दुई वर्ष बित्दा समेत पुनर्निर्माण नभएपछि खेत बाँझै हुने चिन्तामा छन् ।

किसानका पीडा- ‘बाढीले कुलो खायो, हाम्रा खेत बाँझै’

‘छिमेकी गाउँका खेतमा धान काल्लीसक्यो, गाँज फालिसक्यो । आधा साउन बितिसक्यो हाम्रा खेत अझै बाँझै छन् । ब्याड छिपिसक्यो । कुलोमा पानी अझै चलेको छैन । गत असारको १४ र साउन ११ गतेको बाढीले कुलो खायो । कुलो बनाउन अझै सकिएको छैन । खेतमा पानी चलेको छैन । बाँझो खेत र भत्किएको कुलो हेर्ने बाहेक अरु केही उपाय छैन ।’ घोराही –२ अवलडाँडाका किसान बिर्ख बहादुर कामीले दुःख पाेख्दै भने–‘ बाढीले कुलो खायो, खेत बाँझै छ । कहिले कुलो बन्ला कहिले पानी चल्ला, कहिले खेती होला आधा साउन बितिसक

सडकले कुलो भत्काउँदा २ सय रोपनी खेत ८ वर्षदेखि बाँझै

बैतडीको पाटन नगरपालिका-५ स्थित अडतोला र कद्द्वार गाउँ खेतीपातिका लागि निकै उपयुक्त गाँउ हुन् ।  स्याडी खोलाबाट कुलोमार्फत पानी ल्याइएकोमा पाटन-पञ्चेश्वर सडकले कुलो भक्ताएपछि सिँचाइको समस्या भएको छ । अडतोला र कद्द्वार गाउँका ५० बढी परिवारले कोदालोले खनेर खेतमा पुर्‍याएको सिँचाई कुलो २०७० सालमा भत्काइएको हो । स्थानीय धर्मानन्द पाण्डेयले भने, ‘२०३८सालमा गाउँलेहरु मिलेर बनाएको कुलोबाट सिँचाई गर्दै आएका थियौँ । पाटन-पञ्चेश्वर सडक खन्ने बेला भत्किएको कुलोलाई एक दुई पटक आफैँले मर्मत

सिँचाइ नहुँदा सयौं रोपनी बाँझै

बगनासकाली गाउँपालिका–६ र ७ का प्रायः स्थानमा धान फल्ने खेत आठ वर्षदेखि बाँझै छन् । सडक निर्माण क्रममा परम्परागत सिँचाइ कुलो भत्किँदा खेत बाँझै भएका हुन् । निर्माण व्यवसायीले जथाभाबी सडक खन्दा सिँचाइ कुलो भताभुंग भएका छन्

सिँचाइ अभावमा खेत बाँझै

जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढी र पहिरोले दुई वटा सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझै भएको छ । सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि खेतीयोग्य जमिन तथा धान लगाउने खेत बाँझै भएको हो । खेतभन्दा माथि सडक बनाउँदा कुलो भत्किएपछि समस्या भएको हो ।

कुलो सफाइ नहुँदा खेत बाँझै

आठबीसकोट नगरपालिका –११ स्थित पहिरोले पुरेको कुलो सफाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको हो। २०७८ र २०७९ सालको बर्खामा पहिरोले कुलो पुरिएको थियो।

बजेट फिर्ता हुँदा खेत बाँझै

सिँचाइ कुलो निर्माणका लागि प्राप्त बजेट किसानलाई थाहा नदिई सिँचाइ डिभिजन कार्यालयले फिर्ता पठाएपछि बैतडी मेलौलीका ५० घरपरिवारको १० हेक्टर खेत बाँझो हुने अवस्था आएको छ। मेलौली नगरपालिका–१, मुद्रे–स्यालतडीमा सिँचाइ कुलो निर्माणका लागि प्राप्त एक करोड २० लाख रुपियाँ बजेट सिँचाइ डिभिजन कार्यालयले फिर्ता गरेको किसानले आरोप लगाएका छन्।

सिँचाइ कुलो भत्किदा दशकदेखि खेत बाँझै

जिल्लाको दक्षिणी क्षेत्र मेलौली नगरपालिकाको वडा नं १ मुन्द्रेस्यालतडीमा मंसिरको आधाआधीमै खेत हरियाली भइसक्थ्यो। तोरी

कुलो पुरिँदा २ हजार रोपनी खेत बाँझै

आधा दशकअघिसम्म पालीका बलराम खत्री हडाहाको १० रोपनी खेतमा ५० मुरी धान फलाउँथे । हिउँदमा गहुँ र आलु पनि प्रशस्तै फल्थ्यो । ६ वर्षयता भने खेत बाँझै छ । सिँचाइ कुलो पुरिएपछि खाने अन्नसमेत किन्नुपरेको हो ।

कुलो बगाउँदा खेत बाँझै

पहिरोले कुलो बगाइदिएपछि जिल्लाकै खाद्यान्न उत्पादन हुने प्रमुख फाँटमध्येको चन्द्रकोट गाउँपालिका ७ रूपाकोट दमुकाको ५ सय ५० रोपनी खेत बाँझिएको छ ।