कोरोना महामारीले सुस्ताएको सुनचाँदीको बजार तिहारको समयमा जुरमुराएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दसैंपछि तिहारको समयमा सुनचाँदीको कारोबार ह्वात्तै बढेको हो ।दसैंको समयमा दैनिक २० किलोग्रामसम्म सुनको व्यापार भएको थियो । त्यसपछि देशभर दैनिक १० देखि १५ किलोग्रामका दरले सुनको बिक्री हुँदै आएको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनले दसैंपछि सुकेको सुनचाँदीको कारोबार तिहारमा एकाएक बढेको जानकारी दिए ।‘तिहारको २ दिन (धनतेरस र धनवन्तरी जयन्ती) मा दैनिक ४५ किलोग्रामसम्म सुन बिक