तिहारमा फूल र माला पाउनै मुस्किल

कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ । टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, […]

सम्बन्धित सामग्री

फूलखेती गरेका किसानलाई तिहारमा माला गाँस्न भ्याइनभ्याइ

घोराही (दाङ) । दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार शुरु भएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।  घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर फूल टिपेर माला बनाउन थालेका छन् । यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि आजदेखि फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताए । उनले विगतमा तिहारको समयमा रु सात लाखभन्दा बढीको फूल विक्री गरेको बताए ।  लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि फूल विक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ । माला बनाएर शीतभण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए । ‘जिल्लाभित्रैकै माग धेरै छ,’ उनले भने ।  रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका हुन् । उनले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गरेका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दशंैतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूलखेती गर्न थालेका हुन् । ‘दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौंमा फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि शुरु गरेको हुँ,’ रोका मगरले भने ।  रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूलखेती गर्दै आएका छन् । घोराही बजारनजिकै फूलखेती गरेपछि आफूलाई बजारको समस्या नभएको उनी बताउँछन् । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महीना फूल उत्पादन शुरु गरेको बताए । फूलको माग दशैंतिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।  जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन् । उनले पनि अहिले फूल टिपेर माला बनाउन थालेका छन् । तिहारका लागि माग हुन थालेको उनको भनाइ छ । ‘माला बनाउन थालेका छौं,’ उनले भने । प्रतिमाला रु ८० देखि रु दुई सयसम्ममा विक्री गर्ने गरेको बुढाले बताए । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनी बताउँछन् । अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको बुढाले बताए ।    एकदुई कट्ठाबाट शुरु भएको जिल्लाको फूलखेती हाल आएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रूपमै फूलखेतीमा जोडिएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाही सहितको सूचना जारी गरेका छन् । रासस

तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त (फोटोफिचर)

तिहार नजिकिएसँगै किसान फूल टिपेर माला बनाउन व्यस्त छन् । तिहारमा प्रयोग हुने मखमली फूल टिपेर सूर्यविनायक– ७ का

गुण्डुका किसानले तिहार अघि नै बेचे तीन करोडको फूल र माला

काठमाडौं : भक्तपुरको सूर्यविनायक–७ गुण्डुका किसानले तिहारमा फूल र माला बिक्री गरी तीन करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। यहाँका किसानले व्यावसायीक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन्। प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम पाँच सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन्। वडा अध्यक्ष रबीन्द्र सापकोटाले तिहारअघि…

तिहारमा फूल व्यापारीको मनपरि‚ आफूखुसी मूल्य

काठमाडौं : तिहारका लागि आवश्यक फूल र मालाको मूल्य गत सालको भन्दा महँगो भएको छ। गत साल सयपत्री फूलको माला प्रतिगोटा १०० देखि १५० रुपैयाँमा खरिद गरेको उपभोक्ताहरुले यस वर्ष  १५० देखि २०० रुपैयाँमा खरिद गरेको बताएका छन्।  तिहार सुरु भएसँगै बजारमा फूल तथा माला किन्नेको भिड लाग्न थालेको छ। पसलको ढोका सजाउन, घर सजाउन साथै दिदीबहिनीले दाजुभाइलाई भाइटीकाका दिन लगाइदिन माला प्रयोग गरिन्छ।  किसानको बारीबाट प्रतिमाला ५० रुपैयाँमा ल्याउने व्यापारीहरुले आफूखुसी मूल्य र

मखमली मौसम (फोटो फिचर)

काठमाडौं : फूलको चाडको रूपमा चिनिएको तिहार नजिकिँदै छ। तिहारका लागि बजारमा फूल र माला आउन थालिसकेका छन्।तिहारका लागि नै भक्तपुरको गुण्डुमा लगाइएको मखमली फूल ढकमक्क भएको भएको छ। व्यवसायीहरूले मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्न सुरू गरिसकेका छन्। मखमलीको एउटा माला २५ देखि ३० रुपैयाँमा बिक्री हुने उनीहरूले बताए।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस वर्षको तिहारमा सयपत्री र मखमलीका १८ लाख ५० हजारवटा मालमा खपत हुने आँकलन गरिएको बताए। यस्तै १० करोड रुपैयाँ बराबरको माला कारो