रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा असार ४ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव

जेठ १२, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा असार ४ गते गर्ने भएको छ  ।  कम्पनीले सभा उक्त दिन दिउँसो १ बजे ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा हुने बताएको छ । सभाले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनी रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । त्यस्तै सभाले सञ्चालक नियुक्तीको अनुमोदन गर्ने र आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।   हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० कारोड रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेपछि आवश्यक प्रक्रिया पुरा गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ ।  

सम्बन्धित सामग्री

प्रिमियममा आईपीओ निष्कासन गरेका कम्पनीको शेयर मूल्य घट्दो

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरी धितोपत्र दोस्रो बजारमा कारोबारमा आएका ७ कम्पनीमध्ये ५ ओटाको शेयर मूल्य घटेको छ, जसमा घोराही सिमेन्ट इन्डष्ट्रिज, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स छन् ।  प्राथमिक बजारमा महँगो दरमा आईपीओ निष्कासन गरेका यी कम्पनीहरूमा दोस्रो बजारमा भने लगानीकर्ताको आकर्षण देखिएको छैन ।  यी कम्पनीहरूको शेयर मूल्यमा कारोबारमा आएको एक–दुई दिन बढे पनि तेस्रो दिनबाट घट्ने गरेको पाइएको छ । खरीदकर्ताभन्दा पनि विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो ।  प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने धेरैजसो कम्पनीको शेयरको संख्या धेरै छ । कम्पनीको शेयरको संख्या धेरै रहेकाले शेयरको आपूर्ति पनि बढेको छ । यस कारण दोस्रो बजारमा यी कम्पनीको शेयर मूल्य घटेको जानकारहरू बताउँछन् ।  प्रिमियममा आईपीओ निष्कासन गरेका कम्पनीहरूमध्ये घोराही सिमेण्टले सबैभन्दा महँगोमा शेयर निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता रू. ४३५ मा शेयर निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्यमा रू. ३३५ प्रिमियम थपेर आईपीओ निष्कासन गरेको थियो । कम्पनीको पहिलो कारोबार भने प्रतिकित्ता रू. ५६५ दशमलव ५० मा खुला भएको थियो । त्यसपछि कम्पनीको शेयर मूल्य अधिकतम रू. ५८१ दशमलव ४० सम्म पुगेको भए पनि गत बिहीवार यसको मूल्य प्रतिकित्ता रू.४३४ दशमलव ८ मा झरेको छ । यो आईपीओ मूल्यभन्दा पनि कम हो ।  त्यस्तै, चार जीवन बीमा कम्पनीले पनि नियामक निकाय बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी रू. ५ अर्ब पु¥याउनको लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका थिए । रिलायबल नेपाल लाइफले प्रिमियमसहित प्रतिकित्ता रू. २५७ मा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको पहिलो कारोबार दिन प्रतिकित्ता रू.४८६ दशमलव ६ मा भएकोमा गत बिहीवार शेयर मूल्य घटेर ४२४ दशमलव ६ मा झरेको छ । कारोबार खुलेको पहिलो दिन कम्पनीको शेयर मूल्य उच्च हुँदा प्रतिकित्ता रू. ५३५ दशलमव २ सम्म पुगेको थियो ।  सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रिमियमसहित प्रतिकित्ता रू. २४४ मा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको पहिलो कारोबार दिन रू. ५०८ मा शेयर कारोबार खुला भएकोमा गत बिहीवार शेयर मूल्य प्रतिकित्ता रू. ४१० मा झरेको छ । त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियमसहित प्रतिकित्ता रू. २३९ मा आईपीओ निष्कासन गरेको थियो । यस कम्पनीको पहिलो कारोबार दिन प्रतिकित्ता रू.४७५ दशमलव २ मा शेयर कारोबार खुला भएकोमा बिहीवार रू. ४४० मा झरेको छ ।  आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता रू.५२९ दशमलव ५ भएकोमा बिहीवार कम्पनीको शेयर मूल्य रू. ४८० दशलमव ९० मा झरेको छ ।  प्रिमियममा आईपीओ निष्कासन गरेका बाँकी दुई कम्पनीहरूको शेयर मूल्य भने बढेको छ । माण्डु हाइड्रोपावरले प्रिमियमसहित प्रतिकित्ता रू. २०६ मा आईपीओ निष्कासन गरेको थियो । गत बुधवार पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य रू. ३७३ दशमलव २ तोकिएकोमा गत बिहीवार कम्पनीको शेयर मूल्य बढेर रू.४४० दशमलव १० पुगेको छ ।  यस्तै, गत बिहीवार पहिलो कारोबारका लागि रू ३६१.१ तोकिएको भगवती हाइड्रोपावरको शेयर मूल्य बढेर रू.३९७.२ पुगेको छ ।

२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

१५ साउन, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले […]

बुधवारदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्कासन गर्न लागेको आईपीओमा बुधवारदेखि आवेदन

रिलायबल नेपाल लाइफलाई आईपीओ निष्कासन गर्न सेबोनले दियो अनुमति

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार १५ गते अनुमति पाएको हो ।  कम्पनीले १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ  निष्कासन गर्न अनुमति पाएको हो ।  कम्पनीले शुरूमा सेबोनमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो ।  पछि फेरि कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो ।  सेबोनले भने कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ । कम्पनीको  विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  प्रिमियमबापत कम्पनीले रू. १ अर्ब ८८ करोड भन्दा बढी उठाउनेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड छ । आईपीओ निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब पुग्नेछ ।

रिलायबल नेपाल लाइफको साधारण सभाले पारित गर्‍यो आईपीओ निष्कासन गर्ने प्रस्ताव

असार ६, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट हालै सम्पन्न भएको हो । सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।   अव कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ ।

रिलायबल नेपालको साधारण सभा आज हुँदै, ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव

असार ४, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज (शुक्रवार) हुँदैछ । कम्पनीले सभा दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित भएपछि नेपाल धितोपत्र बोर्डबाट निवेदन दिएर स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते साधारणसभा बोलाएको छ । हालको विषम परिस्थतिलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने जनाएको छ । सभाले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । […]