असार ६, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट हालै सम्पन्न भएको हो । सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
साथै आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
अव कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ ।