असार ४, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज (शुक्रवार) हुँदैछ ।
कम्पनीले सभा दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित भएपछि नेपाल धितोपत्र बोर्डबाट निवेदन दिएर स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ ।