आज छठ पर्वको मुख्य दिन हो। आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर आजको विधि सम्पन्न गरिएको छ।
चार दिनसम्म मनाइने लोकपर्व छठको तेस्रो दिन आज काठमाडौंको कमलपोखरीमा पनि वर्तालुहरुले सूर्यलाई अर्घ्य दिए।
छठको अवसरमा कमलपोखरीलाई दुलहीझैँ सिंगारिएको छ। कमलपोखरी वरपर बालिएका दियो र झिलीमिली बत्तीले रातको समयमा पोखरी उज्यालिएको…