काठमाडौंका विभिन्न स्थानमा छठको तयारी अन्तिम चरणमा

काठमाडौं : काठमाडौंका विभिन्न नदी तथा पोखरीहरूमा छठी माईको पूजाका लागि तयारीको काम भइरहेको छ।छठ पर्वको मुख्य दिन भोलि (आइतबार) छठी माईको पूजाका लागि काठमाडौंको कमलपोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानमा यसको तयारीको काम अन्तिम चरणमा पुगेको हो। कुपण्डोलमा तयारीको काम अन्तिम चरणमा पुगेको छठ पर्व समारोहका संयोजक सतीशकुमार झाले बताए।उनले त्यहाँ छठ पर्वमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने जानकारी समेत दिए।काठमाडौंका विभिन्न १३ ठाउँमा छठ पर्वको तयारी भइरहेक