भारतले बदलिँदो विश्व परिस्थितिलाई झ्यालबाट हेरेर बस्नुभन्दा मैदानमा आएर खेल्ने रणनीति बनाइरहेको देखिन्छ ।
संसारका विभिन्न स्थानमा युद्धाभ्यास गरेर भारतले यस्तो संकेत दिएको हो । अभूतपूर्व संख्यामा द्विपक्षीय तथा बहुपक्षीय सैन्य अभ्यासमा भारत सहभागी भइरहेको छ ।
भारतका सुरक्षा अधिकारीहरू रक्षा कूटनीति, सामरिक संकेत, पारस्परिकता लगायतका शब्दावली बाक्लै प्रयोग गरिरहेका छन् ।
भारतका एक वरिष्ठ सैन्य अधिकारीले द टाइम्स अफ इन्डियालाई बताए, ‘युद्धाभ्यासहरूबाट युद्धकौशल बढ्नेछ, वैश्विक स्तरमा सर्वोत्तम प्रणाल...