नेपाल–भारत संयुक्त आयोगको बैठक माघ १ बाट भारतमा

२८ पुस, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक आगामी माघ १ गतेदेखि भारतमा हुने भएको छ । तीन दिने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार नयाँ दिल्ली पुग्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ […]