आज भारत आउँदै संयुक्त राष्ट्र सङ्घका महासचिव

१ कात्तिक, नयाँ दिल्ली  । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेस दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारतका आउने भएका छन् । सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता संयुक्त राष्ट्रसङ्घका महासचिवको यो पहिलो भारत भ्रमण हुनेछ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेस १८ देखि २० अक्टोबरसम्म भारतमा रहनेछन्। उनले यसअघि सन् २०१८ […]

सम्बन्धित सामग्री

गाजामा युद्धविराम सम्बन्धी प्रस्ताव संयुक्त राष्ट्र सङ्घ महासभाबाट पारित

मङ्गलवार गाजामा तत्काल मानवीय युद्धविराम सम्बन्धी प्रस्तुत प्रस्ताव बहुमतले पारित भएको हो।

अन्न र मल निर्यातबारे संयुक्त राष्ट्र सङ्घ र रुसबीच छलफल

संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले आज शुक्रवार रुसका अधिकारीहरूसँग अन्न र मल निर्यात गर्नका लागि 'ब्ल्याक सी' सम्झौतामा केन्द्रित रहेर वार्ता गरिरहेका छन् । ती सम्झौतामध्ये एक सम्झौताको म्याद सकिन आठ दिन बाँकी छ ।   संयुक्त राष्ट्र सङ्घ मानवीय प्रमुख मार्टिन ग्रिफिथ्स र संयुक्त राष्ट्र सङ्घ व्यापार र विकास एजेन्सीका प्रमुख रेबेका ग्रिनस्पेनले रुसी उप–विदेश मन्त्री सर्गेई भर्सिनिनको नेतृत्वमा गठित मस्कोका उच्चस्तरीय प्रतिनिधिमण्डलसँग वार्ता गरेका छन् ।   संयुक्त राष्ट्र सङ्घका प्रवक्ता अलेसेन्ड्रा भेलुचीले जेनेभामा रह...

संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेस आज भारत आउँदै

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारत आउँदै हुनुहुन्छ । सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता उहाँको यो पहिलो भारत भ्रमण हो । गुटेरेसले मुम्बईमा 'संयुक्त राष्ट्र सङ्घ–भारत साझेदारी, दक्षिण–दक्षिण सहयोगको सुदृढीकरण’ विषयमा सार्वजनिक सम्बोधन गर्नुहुनेछ । उहाँ बिहीवारसम्म भारतमा रहनुहुनेछ । बिहीवार गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग वातावरण सुरक्षाका लागि जीवनशैली पुस्तिका, लोगो र ट्यागलाइनको विमोचन समारोहमा भाग लिने कार्यक्रम रहे...

कालापानीबारे इन्डियाविरुद्ध संयुक्त राष्ट्र सङ्घमा ग्रेटर नेपालको उजुरी

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले संयुक्त राष्ट्र सङ्घ, सुरक्षाल परिषद्को स्थायी सदस्यताका निम्ति आवाज उठाइरहेको इन्डिया सैनिक बलमा छिमेकी देशसँग कस्तो व्यवहार गर्छ भन्ने कुरा पूरै विश्वले जान्नु आवश्यक रहेको बताएको छ । यही सेप्टेम्बर महिनाको १२ तारिखदेखि अक्टोबर ८ तारिखसम्म जेनेभामा सञ्चालन भैहेको संयुक्त राष्ट्रसंघ, मानवअधिकार परिषद्को ५१ औँ सत्रको ञसाइड इभेन्टʼ मा ञइन्डियन हेजेमोनी …

युद्धमा ‘कोही विजेता हुँदैन’ : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । रुस–युक्रेन युद्धको सयौँ दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त  राष्ट्र सङ्घको यो टिप्पणी सार्वजनिक भएको हो । जारी युद्धमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा दबाब दिइरहेको छ। ‘यस युद्धको कुनै विजेता छैन र हुनेछैन । बरु, हामीले १०० दिनसम्म के–के गुमाएको देख्यौँ । जीवन, घर, रोजगारी र सम्भावनाहरू गुमायौँ’, अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घ सङ्कट संयोजकले विज्ञप्तिमार्फत यस्तो टिप्पणी गर्नुभ...

अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्र सङ्घ

संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र ९० लाख मानिस भोकमरीको जोखिममा रहेका बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । उहाँले संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारहरूले आफगानिस्तानमा जीवन बचाउने सहायता प्रदानलाई निरन्तरता दिन दाताहरूलाई आह्वान गर्नुभएको छ । अफगानिस्तानमा मानवीय अवस्था कमजोर रहेको भन्दै महासचिव गुटेर्रेसले तत्कालै थप सहयोग चाहिएको बताउनुभएको छ । गएको वर्षकाे अग...

दश लाख मानिसले युक्रेन छाडे : संयुक्त राष्ट्र सङ्घ

रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका छन् । गएको बिहीवार आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ । उनीहरूलाई थप सहायताको आवश्यकता पर्ने पनि राष्ट्र सङ्घले जनाएको छ । युक्रेनमाथि अतिक्रमण थालेपछि रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार पाँच सय सैनिक मारिएका छन् भने झण्डै १६...

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय : संयुक्त राष्ट्र सङ्घ

सिरियाका कारागारमा रहेका बालबालिकाको अवस्था दयनीय बन्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । अमेरिका समर्थित कुर्द लडाकु र विद्रोही समूह आई.एस.आई.एल.बीचको सङ्घर्षका क्रममा कारागारमा राखिएका बालबालिकाको मानसिक र शारीरिक अवस्था चिन्ताजनक बनेको राष्ट्र सङ्घको प्रतिवेदनमा उल्लेख छ। राष्ट्र सङ्घीय बालकोष यूनिसेफले सिरियाको उत्तरपूर्वी क्षेत्रमा जोखिममा परेका बालबालिकाको हेरचाह र सहयोगका लागि आफूहरु तयार रहेको पनि जनाएको छ । साथै त्यसका लागि वातावरण मिलाइदिन पनि अपिल गरेको छ । यूनिसेफका प्रतिनिधिले हालै बालबाल...

आज संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस मनाइँदै

काठमाण्डाै - आज संयुक्त राष्ट्र सङ्घ  स्थापना दिवस मनाइँदैछ । सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्र सङ्घ स्थापना दिवस मनाइन्छ । सन १९७१ को संयुक्त राष्ट्रसङ्घको महासभाले आजका दिन सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक बिदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आज संयुक्त राष्ट्रसङ्घको गठन, कार्य र उद्देश्यका  बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम हुने गरेको छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयुक्त राष्ट्रसङ्घ सप्ताह मनाइने भए पनि अक्टोबर २४ लाई विशेष उत्साहका  साथ मनाउने गरिन्छ । ...

संयुक्त राष्ट्र सङ्घकाे सुरक्षा परिषद्ले भन्यो, ‘सू चीलाई रिहा गर’

काठमाण्डौ – संयुक्त राष्ट्र सङ्घ (यूएन) को सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलगायत पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न भनेको छ ।  परिषद्ले विज्ञप्ति निकालेर सबै सदस्य राष्ट्रहरूले म्यानमारमा घोषणा गरिएको सङ्कटकाल र सू चीलगायत नेताहरूलाई पक्राउ गरिएको घटनामा गहिरो चासो व्यक्त गरेको भन्दै तत्काल रिहा गर्न भनेको हो । परिषद्की अध्यक्ष बार्बरा वुडवार्डले निकालेको विज्ञपप्तमा सुरक्षा परिषद्का सदस्यहरूले म्यानमारको प्रजातान्त्रिक प्रक्रियाको निरन्तरतामा जोड दिएका उल्लेख छ । यसअघि गएको मङ्गलबार बसेको स...