संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले दुई दिने औपचारिक भ्रमणका क्रममा मङ्गलबार भारतका आउने भएका छन् । सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता संयुक्त राष्ट्रसंघका महासचिवको यो पहिलो भारत भ्रमण हुनेछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस १८ देखि २० अक्टोबरसम्म भारतमा रहनेछन् ।उनले यसअघि सन् २०१८ को अक्टोबर १ देखि ४ सम्म आफ्नो पहिलो कार्यकालमा पनि भारतको भ्रमण गरेका थिए । गुटेर्रेसले मुम्बईको ताज महल प्यालेस होटलमा २६÷११ को आतङ्कवादी हमलामा मारिएका