संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस दुई दिने औपचारिक भ्रमणका क्रममा आज भारत आउँदै हुनुहुन्छ ।
सन् २०२२ को जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता उहाँको यो पहिलो भारत भ्रमण हो । गुटेरेसले मुम्बईमा 'संयुक्त राष्ट्र सङ्घ–भारत साझेदारी, दक्षिण–दक्षिण सहयोगको सुदृढीकरण’ विषयमा सार्वजनिक सम्बोधन गर्नुहुनेछ । उहाँ बिहीवारसम्म भारतमा रहनुहुनेछ ।
बिहीवार गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग वातावरण सुरक्षाका लागि जीवनशैली पुस्तिका, लोगो र ट्यागलाइनको विमोचन समारोहमा भाग लिने कार्यक्रम रहे...