नेपाल भारत संयुक्त आयोगको बैठकका लागि परराष्ट्रमन्त्री ज्ञवाली भोलि भारत जाँदै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि बुधवार नयाँ दिल्ली जाँदै छन्। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भारत संयुक्त आयोगको छैटौं बैठकका लागि मन्त्री ज्ञवाली माघ १ गते भारत जान लागेका हुन्। परराष्ट्र मन्त्रालयले आयोगको बैठकमा नेपाल भारत द्विपक्षिय सम्बन्धका विविध विषयमा छलफल हुने जनाएको छ। छलफलका क्रममा व्यापार,…

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु भएको छ । काठमाडौंको याक एन्ड यती होटेलमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सुरु भएको हो ।

नेपाल–भारत संयुक्त आयोगको बैठक अनियमित

नेपाल र भारतबीचको संयुक्त आयोगको छैटौं बैठक २०७७ पुस–माघमा भारतमा बसेको थियो । आर्थिक, व्यापार, आवागमन, औद्योगिक, जल संसाधनलगायतका विविध क्षेत्रमा पारस्परिक लाभका लागि नेपाल र भारतबीच सहमति एवम् सहयोग बढाउने र सुदृढ गर्ने उद्देश्यले सन् १९८७ मा परराष्ट्रस्तरीय द्विपक्षीय संयुक्त आयोग गठन भएको थियो । गठनको चार वर्ष सक्रिय रहेको यस आयोगको सन् १९९१ […]

नेपाल-भारत संयुक्त आयोगको बैठक : देखाउने दाँत लिपुलेक, हात लाग्यो शून्य

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणपछि स्वदेश फर्किए। शनिवार नेपाल आइपुगेका ज्ञवालीको भारत भ्रमण अगाडि नेपालमा चर्चा भएको विषय थियो- लिपुलेक कालापानी र लिम्पियाधुरा समावेश गरेको नेपालको नक्सा। नक्सा अनुसार भूमि फिर्ता ल्याउने विषयमा छलफल गर्ने दावी गरिएका थिए। तर, यस विषयमा ठोस छलफल हुन सकेन। दुई…

सीमा विवादको विषय उठ्यो, औपचारिक एजेण्डा बनेन

२ माघ, काठमाडौं । सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदनलगायतका नेपालको उच्च प्राथमिकतमा रहेका विषयले औपचारिक प्रवेश नपाई नेपाल–भारत संयुक्त आयोगको बैठक शुक्रबार सम्पन्न भएको छ । वैठकलगत्तै सार्वजनिक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवादबारे कुराकानी भएको र दुवै पक्ष वार्ता प्रक्रिया सुरु गर्न इच्छुक रहेको दावी गरेपनि वैठकपछि जारी विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख छैन । […]

परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु

परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु भएको छ । शुक्रबार बिहान भारतको राजधानी नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोगको बैठक सुरु भएको हो ।

नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु : सीमा सम्बन्धी विषयलाई टाल्दै भारत

काठमाडौं : नेपाल परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यतिखेर दिल्लीमा छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकका लागि दिल्ली पुगेका परराष्ट्र मन्त्री ज्ञवालीले त्यहाँका विदेशमन्त्रीले आज भारतीय विदेशमन्त्रीसँग भेट वार्ता गरेका छन्। भेटवार्ता पछि दुई मन्त्रीको नेतृत्वमा संयुक्त आयोगको बैठक पनि सुरु भएको छ।  दुई देशबीच संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयमा छलफल…

नेपाल-भारत संयुक्त आयोगको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा आज नेपाल-भारतबीच वार्ता हुँदैछ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच वार्ता हुन लागेको हो । परराष्ट्रमन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल विहीबार नै दिल्ली पुगेको हो । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयमा महत्त्वपूर्ण सहमति हुने नेपाल सरकारको अपेक्षा छ । आज दुई देशका परराष्ट्रमन्त्रीसहितको संयुक्त आयोगको बैठक बस्दैछ । नेपालले सीमा समस्या, व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत, सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत्त छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । उहाँ शनिबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठक माघ १ बाट भारतमा

२८ पुस, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक आगामी माघ १ गतेदेखि भारतमा हुने भएको छ । तीन दिने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार नयाँ दिल्ली पुग्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुनेछ […]