संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा नयाँ स्थायी सिट सृजना गर्न बेलायतले सहमति जनाएको छ । साथै उसले भारत, जर्मनी, जापान र ब्राजिललाई नयाँ सदस्यका रूपमा परिषदमा भित्र्याउन आफ्नो पूर्ण समर्थन रहको बताउँदै परिषद विस्तारका निम्ति आह्वान पनि गरेको छ । सुरक्षा परिषद सुधार सम्बन्धमा बिहीबार भएको वार्षिक बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि बेलायतका राजदूत बारबरा वुड वर्डले स्थायी र गैर–स्थायी सदस्यका लागि आफ्नो देशको समर्थन दोहोर्याइन् । उनले संयुक्त अधिराज्यले लामो समयदेखि सुरक्षा प