जापानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अफ्रिकी मुलुक पनि स्थायी सदस्य हुनुपर्ने पक्षमा आवाज उठाउने बताएको छ । आइतबार ट्युनिशियाको राजधानी ट्युनिसमा आयोजित ‘ट्योक्यो इन्टरनेसनल कन्फरेन्स अन अफ्रिकन डेभलोपमेन्ट’मा बोल्ने क्रममा जापानका प्रधानमन्त्री फुमियो किसिदाले यो कुरा उठाएका थिए । ‘संयुक्त राष्ट्र संघले शान्ति र स्थायित्वका निम्ति प्रभावकारी काम गर्ने हो भने सम्पूर्ण संयुक्त राष्ट्र संघलाई सुरक्षा परिषद्मा सुधार गरेर सबल बनाउन आवश्यक छ ,’ उनले भने ।&nb