संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा जापानसहित थप पाँच मुलुक निर्वाचित भएका छन् । एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानबाट जापानसहित इक्वेडर, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड चयन भएका हुन् । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन् …