बीबीसी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा आयोजना गरिने एक खुला बहसको अध्यक्षता गर्ने भएका छन्।बहसको विषय‘समुन्द्री सुरक्षा’राखिएको छ।भारतीय विदेश मन्त्रालयकाअनुसार राष्ट्रसंघको सुरक्षा परिषदमा उच्चस्तरीय खुला बसहमा अध्यक्षता गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनेछन्।“यस खुला बहसमार्फत समुन्द्री अपाराधको सामना गर्ने प्रभावकारी तरिकाको खोजी गर्न तथा विश्व शान्तिको लागि समुन्द्री सहयोग मजबुत बनाउनेमा ध्यान केन्द्रित गरिनेछ,”मोदीले ट्वीटरमार्फत भनेका छन्।