सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिकामा माओवादी–काँग्रेसबीचको दुई दलीय गठबन्धन टुटेको छ । काँग्रेसको स्वार्थ अनुकुल गठबन्धन बनेको र काँग्रेसले नै धोका दिएको भन्दै माओवादी केन्द्र बाहिरिएको हो ।मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै माओवादीले गठबन्धन तोडेको जानकारी गराएको छ । माओवादीले प्रदेशमा भएको सहमति विपरीत काँग्रेस अघि बढ्न खोजेको आरोपसमेत लगाएको छ । चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष काँग्रेसलाई दिने सहमति भएको थियो । माओवादीलाई ०७४मा जितेका वडासहित तीन वटा वडाको नेतृत