भर्चुअल एक्स्पो बजार खोजीको उपयुक्त अवसर

काठमाडौंमा भदौ १७ देखि २१ गतेसम्म ‘पाँचौंं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला–२०२१’ हुँदै छ । कोरोना महामारीका कारण प्रभावित महिला उद्यमीहरूका लागि भर्चुअल एक्स्पो बजार विस्तार र खोजीको अवसर पनि हो । यसै सन्दर्भमा एक्स्पोको तयारीबारे महासंघ अध्यक्ष रीता सिम्हासँग हिमा वि.कले गरेको कुराकानी : एक सातापछि मेला गर्दै हुनुहुन्छ । तयारी कस्तो छ ? अहिले कोभिड महामारीकै बीचमा छौं । त्यसैले यो वर्ष भर्चुअल माध्यमबाट पाँचौं  अन्तर्राष्ट्रिय महिला उद्यमी मेला आउँदो भदौ १७ गते गर्दै छौं । विगत वर्षमा भौतिक उपस्थितिमा गरिँदै आएको मेला यस वर्ष भने डिलिटल एक्स्पोका रूपमा गर्न लागिएको छ । महिला उद्यमीका लागि यो अनुभव र सिकाइ पनि हो । यसले बजारीकरणमा टेवा पुर्‍याउने अपेक्षा छ । भर्चुअल माध्यमबाट गरिने मेलाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ  ? अनलाइनबाट जान एक कम्पनीसँग सहकार्य गरेर मेलामा राखिने उत्पादनको फोटो खिच्नेदेखि अन्य काम गरिरहेका छौं । हामीले संघका सदस्यलाई अहिले १० वटा उत्पादन मात्रै पठाउन भनेका छौं । उहाँहरूले खिचेर पठाएका फोटा अहिले अपलोड गर्ने काम भइरहेका छन् । अहिले स्पोन्सर पनि आउन थालेका छन् । हालसम्म ९० प्रतिशत तयारी सकिइसकेको छ । मेलमा राखिने उत्पादन सबै अनलाइनमा हुन्छन् । त्यसमा ल्यान्डिङ पेज राख्दै एउटा फिचर स्टल र अर्काे अर्डिनरी स्टल हुन्छ । लिंकमा क्लिक गरेर भिजिट गर्न सकिन्छ । त्यसका लागि विनबिज डटकम पोर्टल कार्यान्वयनमा ल्याइनेछ । यो २०१७ मै लन्च भए पनि प्रभावकारी रूपमा काम भएको थिएन । मेला अवसर पारेर यो वेब पोर्टल प्रयोग गरिएको छ । अनलाइन बजारीकरणलाई अब निरन्तरता दिनेछौं । मेलामा सहभागी हुने महिला उद्यमी एक्स्पोमा कसरी जोडिनुहुन्छ ? महामारीले धेरै उद्यमी अहिले अनलाइनमा छौं । जिल्लाको सदस्यदेखि लिएर केन्द्रसम्म हामी भाइवर तथा अन्य माध्यमबाट जोडिरहेका छौं । जिल्ला संयोजकमार्फत यस्ता ग्रुपमार्फत जानकारी दिने र केन्द्रबाट फोटो, खिच्न पठाउने वा त्यही भएकाले पठाउने भन्ने विषयमा छलफल हुन्छ । अन्तर्राष्ट्रिय स्तरबाट सहभागी हुनेलाई भने इमेल, जुमजस्ता माध्यमबाट जानकारी गराइरहेका छौं । भर्चुअल मेला गर्दाका चुनौती र फाइदा के–के हुन् ? अहिले निषेधाज्ञाकै अवस्था भएकाले अनलाइन मार्केटिङ हाम्रा लागि अवसर हो । धेरैजसो उत्पादन राम्रो भए पनि प्याकेजिङ, लेबलिङ राम्रो हुँदैन । पेमेन्ट प्रणाली, केही गरी सामग्री फिर्ता भयो भने के गर्ने भन्नेलगायत विषयमा धेरै अभ्यास गर्नुपर्नेछ । कोभिडको डरले मानिस बाहिर निस्कन त्यति रुचाउन्नन् । अनलाइनबाट उत्पादन सप्लाइ हुने हुँदा फाइदा पनि छ । हामीले सदस्यलाई प्याकेजिङ, लेबलिङजस्ता विषयमा केही तालिम दिएका छौं । डिलिजट मार्केटिङमा जान यो मेला अवसर पनि हो । यसले प्रविधिमैत्री हुन पनि सहयोग पुगेको छ । भौतिक उपस्थिति र भर्चुअल माध्यमबाट गर्दाको तयारी गर्दा कस्तो हुँदो रहेछ ? प्राविधिक रूपमा हामीलाई धेरै चुनौती भयो । भौतिक रूपमा जाँदा एक स्थानमा गएर उत्पादन राखेर प्रदर्शनी गरिन्थ्यो । तर, भर्चुअलबाट गर्दा प्रविधि विज्ञसँग भर पर्नुपर्ने भयो । यसमा फोटोग्राफर, गुणस्तरीय फोटो पनि राख्नुपर्ने भएकाले अहिले अनुभवका लागि पनि यस्तो निर्णय गरेका हौं । अहिलेको स्थितिले पनि अनलाइनमा जानैपर्ने अवस्था छ । कोभिडले गत वर्ष मेला सञ्चालन नगरे पनि अहिले गर्नुपर्ने कारण के हो ? महिला उद्यमीले आफ्ना उत्पादनलाई बजारसम्म पुर्‍याउन सकून् भनेरै मेला आयोजना गर्न लागेका हौं । यसका लागि विकल्प अनलाइन मार्केटिङलाई सदुपयोग गर्नु हो । उत्पादन प्रदर्शनीका लागि प्ल्याटफर्म दिनु हो । महिला उद्यमी तथा व्यापारीलाई न्यूनतम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागी हुने अवसर प्रदान गर्नु पनि मेलाको उद्देश्यल । उद्यमीका उत्पादनलाई प्ल्याटफर्म दिएर तिनका वस्तु विक्री मा सघाउनु पनि हो । व्यवसाय बढाउने भएकाले भर्चुअल एक्स्पो गर्नैपर्छ भन्ने निर्णयमा पुगेका हौं । निषेधाज्ञाका कारण लघु तथा मझौला उद्यम कत्तिको प्रभावित भए ? महामारीले कतिपय लघु तथा मझौला उद्यम बन्द हुने अवस्थामै पुगेका छन् । तर, अहिले व्यवसाय अलि सहज भएको छ । यो अवधिमा हामीलाई कच्चा पदार्थ उपलब्ध नहुँदा बढी समस्या भयो । कच्चा पदार्थ सहज भइदिए महिलाहरू घरमै बसेर काम गर्न सक्थे । कच्चा पदार्थका लागि बाहिरकै भर पर्नुपर्ने अवस्था छ । सरकारी नीति राम्रा भए पनि कार्यान्वयनमा समस्या भएकाले प्रभावकारी बनाइनुपर्छ । स्वदेशी तथा विदेशी उद्यमीका लागि स्टलको मूल्य कति–कति तोक्नुभएको छ ? महासंघका सदस्य महिला उद्यमीका लागि ५ हजार रुपैयाँ तोकिएको छ भने अन्य स्टलका लागि ७ हजार तोकिएको छ । विदेशबाट सहभागी हुनेहरूका लागि भने १५० डलर तोकिएको छ । १ सय स्टलले सहभागिता जनाउने भएकामा हालसम्म ७० वटा बुक भइसकेका छन् । एक्स्पोमा कस्ता उत्पादन राख्दै हुनुहुन्छ ? मेलामा कृषिजन्य, ह्यान्डिक्राफ्ट, सर्भिस भनेर क्षेत्र छुट्याइएको छ । एग्री बिजनेसमा मह, फुड, टेक्सटायल, नेचुरल हर्बल, बुटिक, गार्मेटलगायत वस्तु राखिनेछ । भर्चुअल एक्स्पोमा कुन–कुन देशबाट सहभागिता हुँदै छ ? अहिले नै कन्फर्म भइसकेको छैन । तर, भारत, बंगलादेश, कम्बोडिया, श्रीलंकाबाट चासो देखिएको छ । स्टलको मूल्य बढी भयो भन्ने उनीहरूको आशय छ । यस विषयमा कुराकानी भइरहेको छ ।

सम्बन्धित सामग्री

बालबालिकाका लागि उपयुक्त विद्यालय कसरी छनोट गर्ने?

काठमाडौँ – स्मार्ट प्यारेन्टिङ नेपालले बालबालिकाका लागि सही र उपयुक्त विद्यालय कसरी छनोट गर्ने भन्ने विषयमा गत शनिबार भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बाल विकास विशेषज्ञ सानु अमात्यले स्रोतव्यक्तिका रूपमा आफ्नो अनुभव र विचार प्रस्तुत गरेकी थिइन्। उनले अभिभावकले आफ्ना बालबालिकाका निम्ति विद्यालय छनोट गर्दा तीन वटा ‘व’ अर्थात् व्यवहार, वातावरण र व्यवस्थापनलाई […]

आर्थिक समस्या समाधानका लागि सामूहिक पहलमा जोड

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापी रुपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन् । भ्वाइस अफ साउथ समिट अन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले कोभिड १९ को महामारी पछि विश्वव्यापी रुपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताए । मानव विकास […]

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी : अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन्। ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले कोभिड-१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताए । मानव विकास र आर्थिक वृद्धि सँगसँगै […]

विश्वव्यापीरूपमा देखापरेको आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभएको छ । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको सङ्केत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनुभयो । मानव विकास र आर्थिक वृद्धि सँगसँगै […]

मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त

काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग नगर्दा उपयुक्त हुने बताउनु भएको छ । आज गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकमा उहाँले मतदान पछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएकाले आफूहरुले हार्नु परेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको […]

विद्यार्थीको अनलाइन कक्षा : ल्यापटप र ट्याबलेटमा कुन उपयुक्त ?

महामारीका कारण विद्यार्थीहरुको भौतिक उपस्थितिमा विद्यालयहरु सञ्चालन हुन नसक्दा लामो समयदेखि विद्यार्थीहरुले भर्चुअल माध्यमबाट मार्फत् पढ्न बाध्य भैरहेका छन् । त्यसैले आजकल ल्यापटप तथा ट्याबलेटहरु विद्यार्थीका लागि अनिवार्य साधन बनिसकेका छन् । अनलाइनको पढाइका लागि मात्र नभई कक्षाकोठामै गएर पढ्ने अलिक ठूलो कक्षाका विद्यार्थीहरुका लागि समेत यी ग्याजेटहरु निकै आवश्यक भैसकेका छन् । विद्यालय प्रयोजनमै […]

जूम  र गुगल मिटः तपाइँका लागि कुन उपयुक्त ?

कोरोना भाइरस (कोभिड-१९) को महामारी सुरु भएसँगै विश्वभर नै भिडियो कन्फ्रेन्सिङ प्लाटर्फमहरुको प्रयोग ह्वात्तै बढ्यो । जूम, गुगल मिट तथा माइक्रोसफ्ट टिम लगायतका भिडियो कन्फ्रेन्सिङ प्लाटर्फमका प्रयोगकर्ताको संख्या नाटकीय रुपमा आकाशियो । महामारीका कारण विश्वका अधिकांस कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्ने अर्थात् वर्क फ्रमहोमको व्यवस्था लागू गर्दा भर्चुअल मिटिङहरुका लागि यी प्लाटर्फमहरु अनिवार्य नै […]